शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • समिट एयरको जहाजमा समस्या हुँदा धनगढी विमानस्थल अवरुद्ध

समिट एयरको जहाजमा समस्या हुँदा धनगढी विमानस्थल अवरुद्ध

उड्न लागेको विमान धावन मार्गको बीचमा रोकिएपछि धनगढी विमानस्थल अवरुद्ध बनेको छ।उड्न लागेको विमान धावन मार्गको बीचमा रोकिएपछि धनगढी विमानस्थल अवरुद्ध बनेको छ।
 |  सोमबार, असोज २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज २५, २०७८

धनगढी- उड्न लागेको विमान धावन मार्गको बीचमा रोकिएपछि धनगढी विमानस्थल अवरुद्ध बनेको छ।

बाजुराका लागि उडान भर्ने क्रममा चक्कामा समस्या अएपछि समिट एयरको विमान धनगढी विमानस्थलको बीच धावन मार्गमा अड्किएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए।

उनका अनुसार विमानको टायरमा प्राविधिक समस्या देखिएको छ, जसका कारण सो जहाज उड्न नसकेर धावनमार्गमा रोकिएको हो। समिट एयरको जहाज विमानस्थलको बीच धावन मार्गमा रोकिएपछि धनगढी विमानस्थलबाट अन्य उडनसमेत प्रभावित बनेका छन्।

काठमाडौंबाट धनगढी आउने तालिका रहेको बुद्ध एयरको जहाज रोकिने भएको छ भने धनगढीबाट काठमाडौंका लागि उडान भर्न तयार रहेको श्री एयरको जहाजको उडान पनि स्थगित गरिएको जनाइएको छ।

धावन मार्गबाट उक्त जहाज नहटाएसम्म अर्को उडान हुन नसक्ने विमानस्थल प्रमुख भट्टले बताए। उनका अनुसार जहाज ग्राउण्डेड भएको र धावनमार्गबाट हटाउने प्रयास भइरहेको छ।

प्रकाशित: Oct 11, 2021| 19:50 सोमबार, असोज २५, २०७८
प्रतिक्रिया दिनुहोस्