सोमबार, मंसिर २९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रदेश १ सरकार : विश्वासको मत नलिई धमाधम कार्यकर्ता नियुक्त गर्दै

प्रदेश १ सरकार : विश्वासको मत नलिई धमाधम कार्यकर्ता नियुक्त गर्दै

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत नलिई धमाधम कार्यकर्ता नियुक्ति गरिरहेका छन्।
 |  सोमबार, असोज २५, २०७८

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

सोमबार, असोज २५, २०७८

विराटनगर– प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत नलिई धमाधम कार्यकर्ता नियुक्ति गरिरहेका छन्।

National life

आइतबार राती बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश पर्यटन बोर्ड गठन, प्रदेश खेलकुद विकास बोर्ड र प्रदेश श्रम सल्लाहकारको नियुक्त गरेको छ। बैठकले फणीन्द्र अधिकारी (विराटनगर), देवी गौतम (सुनसरी), भीमराज राई (सोलु), उमेश घिमिरे (धनकुटा), प्रेरणा थापा (इटहरी), र इन्दिरा श्रेष्ठ (बिर्तामोड) लाई बोर्डमा नियुक्ति गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्षुमन तिवारीले बताए। 

उनका अनुसार बोर्डको अध्यक्ष उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सचिव रहने व्यवस्था छ। एक जना अर्थ मन्त्रालयको अधिकृत, एक जना मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रतिनिधि, एक जना मन्त्रालयकै पर्यटन महाशाखाका प्रमुख सदस्य रहने व्यवस्था छ। 

६ जना उद्योग पर्यटन क्षेत्रमा विगत १० वर्षदेखि लागेका व्यक्ति नियुक्ति गर्ने व्यवस्था अनुसार ६ जनालाई बोर्ड सदस्यमा नियुक्ति गरिएको मन्त्री तिवारीले बताए। 

मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा पाँचथरका बाबा मेयाङ्वोलाई नियुक्त गरेको छ। सदस्य सचिवमा कृष्ण (पर्शुराम) बस्नेत (विराटनगर), सदस्यहरूमा भेषराज कार्की (सुनसरी), विप्लभ घोष (सुनसरी), थलु राजभण्डारी (ओखलढुंगा) रहेका छन्। 

Laxmi sunrise bank
kumari

आइतबारको बैठकले प्रदेश श्रम सल्लाहकार पनि नियुक्ति गरेको छ। प्रदेश श्रम सल्लाहकारको उपाध्यक्षमा झापाका राजीव घिमिरे र सदस्यहरूमा भीम घिमिरे विराटनगर, सरोज श्रेष्ठ धरान, सीता उपाध्याय मोरङ, रञ्जु  सिग्देल इटहरी, किशोर धमला विराटनगर, अरुण थापा विराटनगर, नारायणबाबु कार्की मोरङ, सुनिता घिमिरे मोरङ, टिका प्रसाईं सुनसरी, निलम साह सोनार मोरङ रहेका सरकारका प्रवक्ता तिवारीले बताए। 

उनका अनुसार मन्त्रिपरिषद् बैठकले खुपु खोला जल विद्युत् आयोजनाको शेयर लगानी गर्ने निर्णय गरेको छ। अर्थ मन्त्रालयको सैद्धान्तिक सहमति अनुसार बैठकले शेयर लगानी गर्ने निर्णय गरेको बताइएको छ।

प्रकाशित: Oct 11, 2021| 06:53 सोमबार, असोज २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।