शनिबार, असोज १७, २०८३

सेयर बजारमा दोहोरो अंकको गिरावट

आइतबार नेप्से १८ दशमलव ५३ अंकले घटेर दुई हजार ६ सय ६२ दशमलव ५८ बिन्दुमा रोकिएको छ।
 |  आइतबार, असोज २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज २४, २०७८

काठमाडौं- आइतबार नेप्से १८ दशमलव ५३ अंकले घटेर दुई हजार ६ सय ६२ दशमलव ५८ बिन्दुमा रोकिएको छ। आइतबार नेप्सेमा २२० कम्पनीको ७२ लाख ५१ हजार ७४४ कित्ता सेयर किनबेच हुँदा कुल चार अर्ब ४९ करोड ८० लाख बराबरको कारोबार भएको छ।

सबैभन्दा बढी महिला लघुवित्त कम्पनीको कारोबार भएको छ। कम्पनीको १८ करोडभन्दा बढीको सेयर कारोबार भएको छ। 

आइतबार फाइनान्स, जीवन बिमा र म्युचल फन्डको समूहको सूचक शून्य प्रतिशतभन्दा थोरैले मात्रै उकालो लागेको छ भने बाँकी सबै समूह शून्यदेखि एक प्रतिशतको हाराहारीले ओरालो लागेर राताम्मे भएका छन्। 

नेप्सेका अनुसार आइतबार चार कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन्। सर्वाधिक सेयरमूल्य बढ्ने कम्पनीमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, मैलुङ खोला जलविद्युत कम्पनी, जीवन विकास लघुवित्त र महिला लघुवित्त कम्पनी छन्।


प्रकाशित: Oct 10, 2021| 16:01 आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्