बिहीबार, माघ १५, २०८२

प्रदेश १ सरकार असंवैधानिक रुपमा चल्न खोज्यो : विपक्षी

एमाले विभाजनपछि सरकार अल्पमतमा परेको एक महिना बितेपनि सरकारले विश्वासको मत नलिएर आयु लम्बाइरहेको विपक्षी नेताहरुले आरोप लगाएका छन्।
 |  शुक्रबार, असोज २२, २०७८

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

शुक्रबार, असोज २२, २०७८

विराटनगर- प्रदेश १ का विपक्षी दलका नेताहरुले सरकार असंवैधानिक रुपमा चल्न खोजेको बताएका छन्। एमाले विभाजनपछि सरकार अल्पमतमा परेको एक महिना बितेपनि सरकारले विश्वासको मत नलिएर आयु लम्बाइरहेको विपक्षी नेताहरुले आरोप लगाएका छन्। 

National life

शुक्रबारखि सुरु भएको प्रदेश १ सभाको नवौं तथा हिउँदे अधिवेशनमा प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले प्रदेश सरकारलाई सहज तरिकाले निकास दिन आग्रह गरेका हुन्। मुख्यमन्त्री भीमप्रसाद आचार्य राजनीतिक रुपमा परिपक्‍व नेता भएकाले सहज रुपमा निकास दिनेमा आशावादी रहेको उनले बताए। 

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले सरकारले आफ्नो आयु लम्ब्याउँदै लगेको बताए। सरकार असंवैधानिक रुपमा अघि बढेको उनको आरोप छ। आङ्बोले भने,‘विश्वासको मत प्राप्त गरेर नेतृत्व गर्नुहोस, हामीलाई आपत्ति भएन।’

नेकपा एकिकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले संसद्‌मा सांसदको बसाइबाटै सरकारको हैसियतको छिनोफानो भएको बताए। एमालेमा जग्गा हस्तान्तरण गरेजस्तो गरेर पद हस्तान्तरण गरिएको भन्दै उनले ब्यंग्य गरे। नेता राईले भने,‘केन्द्रमा एमाले विभाजन भएको भदौ ९ गतेको भोलिपल्ट नाटकीय रुपमा माननिय शेरधन राईले पद हस्तान्तरण गर्नुभयो।’ संविधानको उल्लंघन गरी रित नपुर्‍याइ संविधानको उल्लंघन गरी सरकार गठन गरिएकाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने उनले बताए। 

जनता समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादवले सरकारले बहुमत सिद्ध गर्न विशेष अधिवेशन नबोलाएर हिँउद नै नलागि हिउँदे अधिवेशन सुरु गरिएको बताए। सदनमा सत्तापक्ष अल्पमतमा परेर पनि बहुमतमाथि शासन चलाएको बताए।

Laxmi sunrise bank
kumari

एमाले सांसद्‌ तथा पूर्वमन्त्री हिक्मतकुमार कार्कीले सरकारले संविधान अनुसार विश्वासको मत लिने बताएका छन्। संविधानको परिपालनाबाट सरकार नचुक्ने उनले दाबी गरे। प्रदेशसभामा एमाले विभाजनको पत्र प्राप्त भएको ३० दिन भित्र विश्वासको मत लिने प्रकृया सुरु हुने उनले बताए। 

उनले भने, ‘सरकारले निर्धारित मितिमा विश्वासको मत लिन्छ।’ संसद्‌मा विश्वासको मत ल्याएर प्रमाणित गरेर देखाइ दिने सांसद कार्कीको दाबी छ। गठबन्धनको पक्षमा बहुमत छ भनेर कसैले दाबा नगरे हुने उनले बताए। उनले भने,‘ सवैतिर गठबन्धन कायम हुन्छ भन्‍ने छैन।’ संसद्‌मा विश्वासको मत प्राप्त हुन नसके पनि एमालेलाई आपत्ति नभएको उनले बताए। एमाले रचनात्मक प्रतिपक्ष भएर बस्‍न राजी रहेको कार्कीले बताए। 

मुख्यमन्त्रीले कात्तिक ५ गते विश्वासको मत लिने 

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दसैं मनाएर कात्तिक ५ गते विश्वासको मत लिने प्रस्ताव गरेका छन्। शुक्रबार बसेको एमाले संसदीय दलको बैठकमा आचार्यले कात्तिक ५ गते विश्वासको मत लिने जानकारी दिएका हुन्। विश्वासको मत लिनका लागि असोज २४ गते प्रस्ताव दर्ता गर्ने सरकारको तयारी छ।

प्रकाशित: Oct 08, 2021| 19:07 शुक्रबार, असोज २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।