शनिबार, असार १४, २०८२

जर्सिङ पौवामा जीपलाइन चल्ने

शंखरापुर नगरपालिकाले मणिचुडदेखि जर्सिङपौवासम्म दुई हजार ८ सय मिटर लामो जिपलाईन बन्‍ने भएको हो।
 |  शुक्रबार, असोज २२, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २२, २०७८

vianetvianet

काठमाडौं- काठमाडौंबाट नजिकको पर्यटकीय गन्तव्य जर्सिङपौवामा एसियाको दोस्रो लामो जिपलाइन बन्‍ने भएको छ। शंखरापुर नगरपालिकाले मणिचुडदेखि जर्सिङपौवासम्म दुई हजार ८ सय मिटर लामो जिपलाईन बन्‍ने भएको हो। 

उक्त जीपलाइन एसियाकै दोस्रो तथा नेपालकै पहिलो लामो जिपलाईन हुने सञ्‍चालकको दाबी छ। मणिचुड धार्मिक तथा जर्सिङपौवा रमणीय क्षेत्र भएकोले धार्मिक तथा अन्य पर्यटकलाई उक्त जिपलाइनले जोडन् सघाउ पुर्‍याउने शंखारपुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले बताए।

मणिचुडमा शान्ति पार्क र ६५ फिट अग्लो बुद्धको मुर्तिको निमार्ण भईरहेको छ भने धार्मीक कुण्ड रहेको उनको भनाइ छ। त्यस्तै धार्मिक र अन्य रमणीय क्षेत्रलाई जोड्न सडक मार्गको स्तरोन्ती गरिने उनले बताए। 

जिपलाइन सो क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने र राजधानीबाट नजिकको तथा नेपालकै उत्कृष्ट रहेको सञ्चालक नविन हुमागाईको दाबी छ। साथै जिपलाइन सो क्षेत्रका नागरिकको आर्थिक स्थितिमा समेत सुधार आउने आपेक्ष गरिएको छ।

जिपलाइन पछिल्लो समय पर्यटकलाई आकर्षण गर्ने प्रमुख माध्यम भए पनि उपकरण लगायत दक्ष जनशक्तिको भने अभाव छ। एसियाकै लामो जिपलाइन बाउनु आफैंमा चुनौतिपूर्ण भएको निमार्ण कम्पनीले जनाएको छ। उपकरणदेखि दक्ष जनशक्ति समेत भारत लगायतका तेस्रो मुलुकबाट ल्याउनु पर्ने भएकोले निमार्ण कार्य निकै चुनौतिपूर्ण रहेको निमार्ण कम्पनीले जनाएको छ। आठ करोड लागतमा बन्‍न लागेको जिपलाइन ६ महिनाभित्र सञ्‍चालनमा आउने सञ्‍चाकको भनाइ छ।


प्रकाशित: Oct 08, 2021| 18:43 शुक्रबार, असोज २२, २०७८
प्रतिक्रिया दिनुहोस्