शनिबार, असोज १७, २०८३

२० प्रतिशत महँगो लत्ताकपडा

दसैंले बजारलाई अहिले छपक्कै छोपेको हुनुपर्ने हो तर, बजारमा सामान किनमेल गर्नेको कमी हुँदा व्यापार हुन सेकेको छैन्। तर मूल्य पनि गत वर्षभन्दा २० प्रतिशतले बढेको व्यापारीहरुले बताएका छन्।
 |  बिहीबार, असोज २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २१, २०७८

काठमाडौं- दसैंले बजारलाई अहिले छपक्कै छोपेको हुनुपर्ने हो तर, बजारमा सामान किनमेल गर्नेको कमी हुँदा व्यापार हुन सेकेको छैन्। तर मूल्य पनि गत वर्षभन्दा २० प्रतिशतले बढेको व्यापारीहरुले बताएका छन्। 

बिहीबारबाट दसैं सुरु भएको छ। दसैँ सुरु भएसँगै बजारमा पनि सामान किन्‍नेहरुको चहलपहल बढ्न थालेको छ। नयाँ कपडा लगाउन दसैं कुर्ने बानी हटि नसकेका कारण पनि बजारमा भीड बढेको हो। तर, बजारमा आफूहरुले चाहेजस्तो सामान नहुँदा ग्राहकहरु भने निराश भएर फर्कन बाध्य भएका छन्।

केहीले सामान पाएपनि धेरै महँगो भएको प्रतिक्रिया समेत दिएका छन्। खासगरी काठमाडौंको भोटाहिटी, असन, इन्द्रचोक, खिचापोखरी लगायका क्षेत्रमा आउने ग्राहकहरुले लत्ताकपडा, जुत्ता लगायतका सबै सामानको भाउ निकै महङ्गो रहेको बताएका छन्। यस्तै, उनीहहरुले बजारमा नयाँ सामानहरु देखिएको पनि बताएका छन्।

यता, व्यापाीहरुले पनि यस वर्षको दसैंमा लत्ताकपडा लगायतका सामानहरुको मूल्य वृद्धि भएको स्वीकार गरेका छन्। उनीहरुले दसैंलाई लक्षित गरेर ल्याइएका सामान नेपाल र चीनबीचको भन्सार नाकामै लामो समयसम्म रोकिंदा बजारमा अभाव भएको तथा भन्सारको मूल्यांकन पनि बढेको कारण महँगी बढेको बताएका छन्। 

उनीहरुका अनुसार यो वर्ष २० प्रतिशतभन्दा धेरै मूल्यवृद्धि भएको छ। व्यापारीहरुले ग्राहकहरुको आगमन कम हुदाँ व्यापार पहिलेको भन्दा खस्किएको पनि बताएका छन्। उनीहरुले दशैं सुरु भएसँगै व्यस्त हुनुपर्ने बेला मोवाइल खेलाएर दिन काट्न बाध्य हुनुपरेको पनि गुनासो गरे।

व्यापारीले सोचेअनुसारको व्यापार नभएको बताइरहँदा बजारमा भीड लाग्ने क्रम भने दिनहुँ बढिरहेको छ।

प्रकाशित: Oct 07, 2021| 20:45 बिहीबार, असोज २१, २०७८
प्रतिक्रिया दिनुहोस्