काठमाडौं- एनसेलले हरेक साता २२ स्मार्टफोन जित्न सकिने चाडपर्व योजना ल्याएको छ।
मलेसिया, यूएई र साउदी अरबको आगमन कलमा ग्राहकले हरेक हप्ता २१ वटा स्मार्टफोन जित्न सक्ने र विदेशबाट आफ्नो मोबाइलमा ब्यालेन्स रिचार्ज प्राप्त गर्ने ग्राहकले हरेक हप्ता १ स्मार्टफोन जित्ने सक्ने अफर ल्याइएको एनसेलले जानकारी दिएको छ। यो योजना ५ हप्तासम्म चल्ने र यसबाट ११० जना ग्राहकले ११० वटा स्मार्टफोन पाउने एनसेलको भनाइ छ।
यस्तै विश्वका विभिन्न देशमा रहेका नेपालीहरु माझ चाडपर्वको शुभकामना आदानप्रदान गर्न र मनोरञ्जनका लागि शुक्रबार साँझ ५ बजे एनसेल फेसबुक लाइभमा भर्चुअल कन्सर्टको आयोजना गरिने एनसेलले जनाएको छ।
यस साताको कार्यक्रममा गायक प्रकाश सपुत र गायिका सुनिता दुलालले प्रस्तुति दिनेछन्। कमेडियन सुमन कार्कीले पनि हस्यकलाले मनोरञ्जन प्रदान गर्ने बताइएको छ।