शनिबार, असोज १७, २०८३

पर्यटनको महत्व बोकेको पनौती नगरपालिका

काभ्रेपलाञ्‍चोकको पनौती नगरपालिकाले नगरपालिका घुम्‍ने स्थान र गर्न पाइने गतिविधिहरु सार्वजनिक गरेको छ।
 |  बुधबार, असोज २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २०, २०७८

काठमाडौं- काभ्रेपलाञ्‍चोकको पनौती नगरपालिकाले नगरपालिका घुम्‍ने स्थान र गर्न पाइने गतिविधिहरु सार्वजनिक गरेको छ।

बुधबार नेपाल पर्यटन बोर्डमा नगरपालिकाभित्र रहेका घुम्‍नैपर्ने स्थानहरुको पर्चा विमोचन गरेको हो। नगरपालिकाले आफ्नो नगरपालिकाभित्र रहेका विभिन्‍न घुम्‍नैपर्ने स्थान र गर्न पाउने गतिविधिहरु सार्वजनिक गर्दै पनौति नगरपालिकामा पर्यटनको प्रबल सम्भावना भएको बताएको छ।

मनोरम पहाड, खेत तथा हिमश्रृंखलाहरुको दृश्यले आगन्तुकहरुलाई आनन्द प्रदान गर्ने मनोरम स्थानहरु रहेको निस्कर्ष रहेको छ। साहसिक पर्यटनका लागि पनि पनौति उपर्युक्त स्थान रहेको भन्दै नगरपालिकाले पनौतिमा मनोरञ्‍जनात्मक कार्य गर्नको लागि प्याराग्लाडिङ, रक क्लाइम्बिङ जस्ता खेलहरु रहेको बताएको छ।

पनौति–नमोबुद्ध हाइक, बल्थली इको–ट्रेक –लोल्याण्ड ट्रेक, साँगा–पनौति (कम्युनिटी हाइक), गुर्दुम–महाभारत पदयात्रा, माउन्टेन बाइक (फूल्चोकी वरीपरी),बर्ड वाचिङ (चराको दृश्यावलोकन), योग रिट्रट, सामुदायिक र निजी होमस्टे, तामाङ सांस्कृतिक पदयात्रा मार्ग, जात्रा मेला अवलोकन भ्रमण गर्नेपर्ने गतिविधिहरु हुन्। 

प्रकाशित: Oct 06, 2021| 17:54 बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्