काठमाडौं– सिभिल बैंकसहित सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई जिल्ला अदालत काठमाडौंले ५ दिन अनुसन्धानका लागि थुनामा राख्न अनुमति दिएको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का अनुसार बुधबार काठमाडौँ जिल्ला अदालतले थप ५ दिन हिरासतमा लिई अनुसन्धान गर्न अनुमति दिएको हो।
उनीहरू १२ जनालाई निक्षेपकर्ताको ७० करोडभन्दा बढी रकम हिनामिना गरेको आरोप छ। अहिले उनीहरूविरुद्ध ठगी मुद्दामा अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ।
त्यस्तै, सिआइबीका अनुसार ठगी गरेको आरोप उनीहरुविरुद्ध १३७ जना निक्षेपकर्ताले जाहेरी दिएका छन्। अझै अन्य निक्षेपकर्ता आफ्नो रकम हिनामिना गरेको भन्दै जाहेरी दिन आइरहेको छ।