शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेप्से बढाउने लबिङ गरिदिन माग गर्दै लगानीकर्ताले भेटे प्रचण्ड

नेप्से बढाउने लबिङ गरिदिन माग गर्दै लगानीकर्ताले भेटे प्रचण्ड

उनीहरुले प्रचण्डसँग भेटी पुँजीबजारप्रति सकारात्मक हुन आग्रह गर्दै बजार सुधारका लागि १७ बुँदे मागपत्र समेत पेस गरेका छन्।
 |  बुधबार, असोज २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २०, २०७८

काठमाडौं- सेयर लगानीकर्ताहरुले बजार सुधारको लागि आग्रह गर्दै विभिन्न नेताहरु भेटिरहेको छन्। सोही क्रममा स्वतन्त्र पुँजी बजार सुधार संघले बुधबार पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सँग भेटेका छन्।

उनीहरुले प्रचण्डसँग भेटी पुँजीबजारप्रति सकारात्मक हुन आग्रह गर्दै बजार सुधारका लागि १७ बुँदे मागपत्र समेत पेस गरेका छन्। 

संघका अध्यक्ष रोहन कार्कीका अनुसार नियामकीय निकायलाई सेयर बजारप्रति सकारात्मक दबाब दिन र उनीहरूको पनि ऐक्यबद्धता लिनका लागि नेता तथा मन्त्रीहरुलाई भेटिरहेका हुन्।

उनीहरुले बुधबार प्रचण्डसँगै अर्थमन्त्री जनार्दन शर्मासँग पनि भेटेका थिए। उनीहरुले अर्थमन्त्रीलाई पनि आफ्ना मागबारे जानकारी दिएका थिए। 

स्वतन्त्र पुँजी बजार सुधार संघको नाममा विगत एक हप्तादेखि विभिन्न कार्यक्रमहरु भइरहेको छ। बजार निरन्तर रुपमा ओरालो लागेसँगै संघले आन्दोलन गरेको हो। 

सघले मंगलबार र सोमबार पनि पुँजी बजार विरोधी नियामक निकायविरुद्ध माइतीघर मण्डलामा बृहत् प्रदर्शन गरेका थिए।

लगानीकर्ताहरुको माग यस्ता छन्ः-

प्रकाशित: Oct 06, 2021| 17:18 बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्