काठमाडौं- मंगलबार र बुधबार दुई दिनमा नै पुँजीबजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १ सय १० भन्दा बढी अंकले बढेको छ। मंगलबार ४१.८४ अंकले बढेको नेप्से नेप्से बुधबार ६८.४७ अंकले बढेको हो।
यसरी दुई दिनमा नै नेप्सेले ११०.३१ अंकले बढेको हो। बुधबार नेप्से २६८१.१ बिन्दुमा पुगेको छ। बुधबार २२७ कम्पनीको ४ अर्ब ५० करोड भन्दा बढीका सेयर कारोबार भएका छन्।
बुधबार बेस्ट फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, ग्रामीण विकास बैंक, नयाँ सारथी लघुवित्त, मिथिला लघुवित्त, किसान लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, सपोर्ट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त र सबैको लघुवित्त कम्पनीको सेयर १० प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट लागेको छ। रिडी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी २.१६ प्रतिशत गुमाएका छन्।
बैंकिङलगायत सबै उपसूचकमा पनि बुधबार हरियाली छाएको छ।