शनिबार, असोज १७, २०८३

२० अर्ब नयाँ नोट साटियो, साना दरका मात्र सवा ८ अर्ब

नेपाल राष्ट्र बैंकले मंगलबारसम्ममा २० अर्ब रुपैयाँ बराबरका नयाँ नोट सटही गरेको छ। नेपालीहरुको ठूलो चाड दसैं नजिकिएसँगै राष्ट्र बैंकले नयाँ नोट सटही सुविधा प्रदान गरेको थियो।
 |  बुधबार, असोज २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २०, २०७८

काठमाडौं– नेपाल राष्ट्र बैंकले मंगलबारसम्ममा २० अर्ब रुपैयाँ बराबरका नयाँ नोट सटही गरेको छ। नेपालीहरुको ठूलो चाड दसैं नजिकिएसँगै राष्ट्र बैंकले नयाँ नोट सटही सुविधा प्रदान गरेको थियो। 

नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका अनुसार ५, १०, २०, ५० र १०० दरका साना नोटको सटही ८ अर्ब २५ करोड रुपैयाँ भएको छ भने बाँकी ११ अर्ब ७५ करोड रुपैयाँ भने पाँच सय र हजार दरका नोटको सटही भएको छ। 

राष्ट्र बैंकले दसैैंलाई लक्षित गर्दै ३५ अर्ब रुपैयाँबराबरको नयाँ नोट बजारमा पठाएको छ । सबै बैंक तथा वित्तीय संस्थाहरुले सो रकम लगिसकेका छन्। विगतका वर्षमा जस्तो यस वर्ष नयाँ नोट साट्नका लागि कुनै समस्या छैन।

राष्ट्र बैंकले यसपालि कोरोनाको संक्रमणका कारण २७ वटै वाणिज्य बैंक र तिनका शाखाबाट नयाँ नोट पाउने व्यवस्था गरेको छ। विगतका वर्षहरुमा राष्ट्र बैंकले आफ्ना शाखाहरुबाट मात्र नयाँ नोट वितरण गर्ने गर्दा उपभोक्ता लामो लाइन लाग्न बाध्य भएका थिए। 



प्रकाशित: Oct 06, 2021| 14:16 बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्