शनिबार, असोज १७, २०८३

डिशहोमले ल्यायो ‘दिमाग हल्लिने अफर’

डिश मिडिया नेटवर्क लिमिटेडले चाडपर्वलाई लक्षित गरी ‘दिमाग हल्लिने अफर’ ल्याएको छ।
 |  बुधबार, असोज २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २०, २०७८

काठमाडौं– डिश मिडिया नेटवर्क लिमिटेडले चाडपर्वलाई लक्षित गरी ‘दिमाग हल्लिने अफर’ ल्याएको छ।

अफर अन्तर्गत अब ग्राहकहरुलाई उत्कृष्ट तथा उच्च गतिको इन्टरनेट सवै भन्दा कम मूल्यमा डिशहोम फाइबरनेटले प्रदान गर्ने भएको छ।  

ग्राहकले मासिक मात्र रु ८९९ मानै १०० एमबीपीएस इन्टरनेटको मज्जा ५ जि ड्युल व्याण्ड राउटरको साथमा लिन सक्ने कम्पनीले जनाएको छ। १०० एमबीपीएस इन्टरनेट सबै भन्दा सस्तो मूल्यमा जडान गरी स्पेन घुम्न जाने मौका पनि ग्राहकहरुले प्राप्त गर्न सक्नेछन्। 

यही असोज ११ गते देखि ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना सञ्चालन भइरहेको कम्पनीले जानकारी दिएको छ। यो योजना अन्तरगत डिशहोम फाइबरनेटको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहक स्पेन घुम्न जान पाउने छन्। 

स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिने छ। लक्की ड्रको प्रत्यक्ष प्रशारण रमाईलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरुमा हुने छ। डिशहोमले पछिल्लो समय इन्टरनेट सेवालाई देशभर विस्तार गरिरहेको छ। 

प्रकाशित: Oct 06, 2021| 13:45 बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्