शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सांग्रिला डेभलपमेन्ट बैंकले १० प्रतिशत बोनस सेयर दिने

सांग्रिला डेभलपमेन्ट बैंकले १० प्रतिशत बोनस सेयर दिने

सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ ।
 |  बुधबार, असोज २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २०, २०७८

काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७–०७८ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनको ०.५२६३ प्रतिशत नगद लाभांश गरेर कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

प्रकाशित: Oct 06, 2021| 13:40 बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्