काठमाडौं– स्ट्याण्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ। मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७–०७८ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।
बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि समेत गरी ३.०६ प्रतिशत नगद लाभांश गरेर कुल १३.०६ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव गरेको छ ।
बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ।