शनिबार, असोज १७, २०८३

नबिल बैंकले ल्यायो दसैं धमाका अफर

बडादसैँको उपलक्ष्यमा नबिल बैंकले ‘नबिल दसैँ धमाका अफर’ ल्याएको छ।
 |  बुधबार, असोज २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २०, २०७८

काठमाडौं– बडादसैँको उपलक्ष्यमा नबिल बैंकले ‘नबिल दसैँ धमाका अफर’ ल्याएको छ। यस अफ अन्तर्गत नबिल बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले बिग मार्ट, दराज र किरानामा कार्ड प्रयोग गर्दा क्यासब्याक पाउने बैंकले जनाएको छ।

उक्त अफरमा ग्राहकहरूले बिग मार्टमा १० प्रतिशत छुट वा अधिकतम  ३०० रुपैयाँसम्म क्यासब्याक पाउने बैंकले जनाएको छ। अफर घटस्थापनाको दिनदेखि लागु हुने बैंकले जनााएको छ।

यस्तै बैंकले किरानामा १५ प्रतिशतसम्म छुट वा अधिकतम एक हजार ५०० रुपैयाँसम्म क्यासब्याक पाउन सक्नेछन्। किराना पसलमा यो अफर अक्टोबर ४ देखि अक्टोबर ११ सम्म लागु हुने बैंकले जनाएको छ।

दराजमा भने हरेक शुक्रबार १० प्रतिशत छुट वा अधिकतम ५०० रुपैयाँसम्म क्यासब्याक पाउने बैंकले जनाएको छ।

यस अफरमार्फत नबिल बैंकले आफ्नो ग्राहकहरूमा दसैँको उपलक्ष्यमा नयाँ ‘हर्श’ ल्याउन खोजेको जनाएको छ । यस अफरको लाभ लिनको लागि नबिल बैंकको डेबिट अथवा क्रेडिट कार्ड आवश्यक पर्नेछ।

प्रकाशित: Oct 06, 2021| 12:55 बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्