शनिबार, असोज १७, २०८३

तोलामा चार सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला चार सयले ओरालो लागेको छ।
 |  बुधबार, असोज २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २०, २०७८

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला चार सयले ओरालो लागेको छ। 

छापावाल सुन मंगलबार प्रतितोला ९० हजार ३०० मा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकअनुसार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ९०० तोकिएको छ। 

त्यस्तै तेजाबी सुन आज प्रतितोला ८९ हजार ४५० मा कारोबार हुनेछ जुन सोमबार प्रतितोला ८९ हजार ८५० मा कारोबार भएको थियो।

महासंघका अनुसार चाँदीको मूल्य स्थिर रहेको छ। यसअघि चार कारोबार दिन नै चाँदीको मूल्य स्थिर रहेको थियो। मंगलबार प्रतितोला एक हजार १६० मा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुनेछ।

प्रकाशित: Oct 06, 2021| 11:43 बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्