काठमाडौं- नेपाल धितोपत्र बोर्डका निलम्बित अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो।
नेपाल सरकारका प्रवक्ता तथा कानुनीमन्त्री ज्ञानेन्द्र कार्कीले बोर्डका अध्यक्ष ढुंगानालाई बर्खास्त गर्ने निर्णय भएको पुष्टि गरे।
सर्वोत्तम सिमेन्टको सेयर कारोबार प्रकरणमा मुछिएका ढुंगानालाई सरकारले निलम्बन गरी छानबिन गरेको थियो।