शनिबार, असोज १७, २०८३

लगातार ३ दिन घटेर मंगलबार बढ्यो नेप्से

मंगलबार व्यापार समूहबाहेक सबै समूहको उपसूचक बढेको छ। व्यापार समूहको उपसूचक १.८४ प्रतिशतले घटेको हो। फाइनान्स समूहको सूचक सबैभन्दा बढी ४.१६ प्रतिशतले बढेक छ।
 |  मंगलबार, असोज १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १९, २०७८

काठमाडौं- लगातार तीन दिनसम्म घटेको नेप्से मंगलबार बढेको छ। मंगलबार नेप्से ४१.८४ अंकले बढेर २६१२.६५ अंकमा पुगेको हो। 

मंगलबार व्यापार समूहबाहेक सबै समूहको उपसूचक बढेको छ। व्यापार समूहको उपसूचक १.८४ प्रतिशतले घटेको हो। फाइनान्स समूहको सूचक सबैभन्दा बढी ४.१६ प्रतिशतले बढेक छ। 

हिमालयन पावर पार्टनर, समता घरेलु लघुवित्त र मल्टीपर्पोज फाइनान्सको मूल्यमा १० प्रतिशतले बढोत्तर भएको छ भने ७ वटा कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। 

एनाआइसी एसिया लघुवित्तको सबैभन्दा बढी १० प्रतिशतले मूल्य घटेको छ। यस्तै रिलायन्स लाइफ इन्स्योरेन्स र माउन्टेन इनर्जीको सेयरले एनआईसीलाई पछ्याएका छन्। 

यसअघिका ३ कारोबार दिनमा नेप्से लगातार ओरालो लागेको थियो। सोमबार ६.६८ अंकले नेप्से घटेको थियो। 

मंगलबारको बजारमा १७२ कम्पनीको सेयर मूल्य बढेको छ भने ११ कम्पनीको मूल्य घट्दा ३ कम्पनीको मूल्य यथावत छ। 

करिब ३ अर्बको कारोबार भएको बजारमा रकमका आधारमा सबैभन्दा बढी शिखर इन्स्योरेन्सको कारोबार भएको छ।  

प्रकाशित: Oct 05, 2021| 16:29 मंगलबार, असोज १९, २०७८
प्रतिक्रिया दिनुहोस्