शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • यी हुन् सहकारीबाट ७१ करोड ठगी आरोपमा पक्राउ परेका दर्जन व्यक्ति

यी हुन् सहकारीबाट ७१ करोड ठगी आरोपमा पक्राउ परेका दर्जन व्यक्ति

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सोमबार उनीहरूलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो।
 |  मंगलबार, असोज १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १९, २०७८

काठमाडौं- सिभिल ग्रुपअन्तर्गतको सिभिल सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका निक्षेपकर्ताले जम्मा गरेको रकम ठगीको आरोपमा सिभिल ग्रुप तथा सहकारी र सिभिल बैंकका अध्यक्षसमेत रहेका इच्छाराज तामाङसहित दर्जन उच्च पदस्थ अधिकारीहरू पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सोमबार उनीहरूलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो। 

संस्थामा बचत तथा मुद्दती खाता खोली जम्मा गरेका निक्षेपकर्ताले रकम झिक्नको लागि पटक-पटक ताकेता गर्दा पनि फिर्ता नपाएपछि सिआइबीमा उजुरी परेपछि उनीहरू पक्राउ परेका हुन्। उनीहरूमाथि सिभिल सहकारीमा रकरम जम्मा गरेका १३७ जनाबाट ७० करोड ८७ लाख रुपैयाँ ठगी गरेको आरोप लागेको छ। 

सम्पत्ति शुद्धीकरणलगायत सहकारी ऐन २०७४ को दफा (१२२) बमोजिमको कसुरमा उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। साथै अन्य निक्षेपकर्ता तथा सर्वसाधारणहरुले उक्त को-अपरेटिभबाट निक्षेप तथा ब्याज रकम नपाएको भए कानून बमोजिम आवश्यक थप कारबाहीको लागि समेत ब्यूरोमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ। 

ठगीको आरोपमा पक्राउ पर्नेहरूको विवरण निम्नबमोजिम छ। 

प्रकाशित: Oct 05, 2021| 16:06 मंगलबार, असोज १९, २०७८
प्रतिक्रिया दिनुहोस्