काठमाडौं– डिभाइन वाइन उत्पादक महाकाली वाइनले नयाँ नेपाली वाइन नेपाली बजारमा ल्याएको छ। कम्पनीले डिभाइन वाइन प्रिमियम बजारमा ल्याएको हो।
निकै राम्रो गुणस्तरको अंगुर प्रयोग गरेर उक्त वाइन बनाइएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो वाइन अत्याधुनिक प्रविधि प्रयोग गरेर बनाइएको हो। वाइन अन्तर्राष्ट्रिय स्तरको रहेको कम्पनीको भनाइ छ।
‘नेपाली वाइन प्रेमीहरुको मात्र नभएर देशको अर्थतन्त्रलाई पनि लक्षित गरेर वाइन बनाइएको हो। नेपालमै बनेको राष्ट्रिय उत्पादनको बिक्रीका साथै निर्यात बढाउने हाम्रो उद्देश्य रहेको छ,’ कम्पनीले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।
यो वाइनलाई नेपाली बजारले निकै रुचाउने कम्पनीको विश्वास छ।