काठमाडौं– आइएमएस स्मार्टले दसैं र तिहारको अवसरमा सामसङ फेस्टिभ अफर सार्वजनिक गरेको छ। अफर अन्तर्गत ग्राहकले आईएमएस एसमार्टबाट सामसङ स्मार्टफोन खरिद गर्दा ५० प्रतिशत मूल्य बराबरसम्मको गिफ्ट भौचर जित्न सक्नेछन्
जसमा आईएमएस एसमार्ट–सामसङको आधिकारिक शोरुममा लाइभ लक्की ड्रमार्फत् ९ जना भाग्यशाली विजेता बन्नेछन् । आईएमएस एसमार्ट शोरुम ९ वटा विभिन्न स्थानमा अवस्थित छन् । जसमा काठमाडौंको कमलादी, दरबारमार्ग, खिचापोखरी, न्यूरोड, बौद्ध, ललितपुरको जावलखेलका साथै पोखरा, बुटवल र धनगढीमा रहेको छ ।
ग्राहकले आईएमएस एसमार्ट सामसुङको शोरुमबाट सामसङको स्मार्टफोन खरिद गर्दा उक्त मूल्य बराबरको गिफ्ट भौचर जित्न सक्नेछन् ।
आईएमएस एसमार्टले ग्राहकलाई ईएमआई सुविधा पनि उपलब्ध गराउनेछ । प्रत्येक ग्राहकले सामान खरिद गर्दा १५ हजार रुपैयाँभन्दा बढीको सुविधा पाउन सक्नेछन् । ग्राहकले लक्ष्मी बैंकबाहेक अन्य सबै बैंकबाट ० प्रतिशत डाउन पेमेन्टमा किस्ताबन्दीमा सामान खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । साथै ३० प्रतिशत डाउन पेमेन्टमा लक्ष्मी बैंकबाट सामान खरिद गर्न सक्नेछन् ।
ग्राहकले ३ महिना, ६ महिना, ९ महिना, १२ महिना र १८ महिना अवधिको किस्ताबन्दीमा सामान खरिद गर्न सक्नेछन् । सामसङको फेस्टिभ अफर कात्तिक १७, २०७८ सम्म लागू हुनेछ ।