काठमाडौं– एनएमबि बैंकले भिडियो केवाईसी अर्थात् एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा बिदेशमै रही खाता खोली कारोवार गर्न सकिने योजना ल्याएको छ । एनएमबि बैंक नेपाली बैंकिङ जगतमै शुरु देखी अन्त्यसम्मको पूर्ण डिजीटल रुपमा खाता खोल्ने प्रक्रिया शुरु गर्ने पहिलो बैंक हो ।
ग्राहकहरूले एनएमबिमा भिडियो कल मार्फत अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा वा अपडेट गर्न सक्ने बैंकले जनाएको छ।