शनिबार, असोज १७, २०८३

पाँच सयले बढ्यो सुनको मूल्य

नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला पाँच सयले बढेर ९० हजार ३०० कायम गरिएको छ।
 |  मंगलबार, असोज १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १९, २०७८

काठमाडौं- नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला पाँच सयले बढेर ९० हजार ३०० कायम गरिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ३०० तोकिएको हो। छापावाल सुन सोमबार प्रतितोला ८९ हजारमा ८०० मा कारोबार भएको थियो। 

त्यस्तै तेजाबी सुनको मंगलबारको कारोबार मूल्य प्रतितोला ८९ हजार ८५० कायम गरिएको छ जुन सोमबार प्रतितोला ८९ हजार ३५० मा कारोबार भएको थियो।

महासङ्घका अनुसार मंगलबार चाँदीको मूल्य स्थिर रहेको छ। सोमबार प्रतितोला एक हजार १६० मा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा कारोबार हुनेछ।

अन्तरराष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔँस एक हजार ७६० अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ।

प्रकाशित: Oct 05, 2021| 11:52 मंगलबार, असोज १९, २०७८
प्रतिक्रिया दिनुहोस्