काठमाडौं- बहुराष्ट्रिय सोसियल नेटवर्किङ (सामाजिक सञ्जाल) कम्पनी फेसबुक, ह्वाटस् एप र इन्स्टाग्राम डाउन भएका छन्। फेसबुक इन्कको स्वामित्वमा रहेका यी तीनै सञ्जाल एकसाथ डाउन भएका हुन्। यी तीनै नेटवर्कले एउटै पूर्वाधार प्रयोग गर्ने गरेका छन्।
फेसबुकले साइटमा 'इरर' देखाएको छ। कुनै पनि ब्राउजरबाट फेसबुकले राम्रोसँग काम नगरेको भन्दै इन्डिपेन्डेन्टले समाचार प्रकाशन गरेको छ।
प्रयोगकर्ताहरूले फेसबुकमा समयस्या भएपछि रिपोर्ट गरेका थिए। ती रिपोर्टहरू प्राप्त भएको र त्यसमा काम भइरहेको फेसबुकले ट्विटरमा लेखेको छ।
'फेसबुक खुल्नमा समस्या भएकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ। हामी यसलाई यथासम्भव छिटो सामान्य अवस्थामा फर्काउन काम गरिरहेका काम गरिरहेका छौँ। असुविधाका लागि क्षमाप्रार्थी छौँ।'