शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • भूकम्पपछि पुनर्निर्माण गरिएका मध्ये ९२ प्रतिशत घरहरु सुरक्षित : ज्ञवाली

भूकम्पपछि पुनर्निर्माण गरिएका मध्ये ९२ प्रतिशत घरहरु सुरक्षित : ज्ञवाली

सोमबार सिंहदरवारमा बसेको विकास तथा प्रविधि समितिको बैठकमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्पपछि पुनर्निर्माण गरिएका मध्ये ९२ प्रतिशत घरहरु सुरक्षित रहेको बताएका हुन्।
 |  सोमबार, असोज १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज १८, २०७८

काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपछि पुनर्निर्माण गरिएका मध्ये ९२ प्रतिशत घरहरु सुरक्षित रहेको बताएका छन्। सोमबार सिंहदरवारमा बसेको विकास तथा प्रविधि समितिको बैठकमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्पपछि पुनर्निर्माण गरिएका मध्ये ९२ प्रतिशत घरहरु सुरक्षित रहेको बताएका हुन्। 

उनले सुरक्षित घर निर्माण गर्ने प्रविधि सफल भएको पनि धारणा राखे। उनले सूचना प्रविधिको प्रयोग र बैंकिङ प्रणालीको प्रयोग गरेर करिव साढे २ खर्ब रुपैयाँ जनताको हातमा पुर्याउन सफल भएको पनि बताए। त्यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले प्राधिकरणले गरेका विशिष्ठ अनुभवबाट नेपाललाई १० वर्षमा कसरी रिकभरीबाट सुरक्षित नेपालमा बनाउन सकिन्छ भन्ने कुराको १० वर्षे महाअभियान बनाउन जरुरी रहेको बताए। उनले त्यसका लागि गुरुयोजना नै बनाएर लागेको बताए।

बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले संयोजनको पाटो फितलो रहेको बताए। उनले केही कानूनहरु पनि परिमार्जन गर्न आवश्यक रहेको बताउँदै सम्पदा निर्माणको कुरा टेण्डरबाट गर्न नसकिने भएकोले आर्थिक कुराहरूको कानुनका लागि पहल गर्नुपर्ने बताए। उनले मान्छे नबचाइ सम्पदा नबच्ने र सम्पदा नभइ अन्तर्राष्ट्रिय स्तरहरुबाट पर्यटकहरु नआउने भएकोले संयोजनको भूमिका राम्रोसँग निभाउन आवश्यक रहेको औँल्याए। 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले मन्त्रालयलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले करिव ४ अर्ब ६९ करोड काम हस्तान्तरण भएको बताए। 

अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले भूकम्पपछिको पुनर्निर्माणको कामलाई नेपाल सरकारले पहिलो प्राथमिकतामा राखेको बताए। उनले प्राधिकरणले काम गर्दा पनि आवश्यक बजेट मन्त्रालयले उपलब्ध गराएको र अबका दिनमा पनि उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे। 

त्यस्तै बैठकमा सांसदहरुले लामो समय यता पुनर्निर्माणको क्षेत्रमा काम गरेकाहरु जागिरको सुनिश्चितताका लागि आफू कहाँ धाउने गरेको भन्दै त्यहीँ समन्वयको व्यवस्था मिलाउन माग गरे। 


प्रकाशित: Oct 04, 2021| 23:25 सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्