शनिबार, असोज १७, २०८३

सरकारले शुक्रबारदेखि खसीबोका बिक्री गर्ने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आउँदो शुक्रबारदेखि खसीबोकाको बिक्री वितरण सुरु गर्ने भएको छ।
 |  सोमबार, असोज १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज १८, २०७८

काठमाडौं- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आउँदो शुक्रबारदेखि खसीबोकाको बिक्री वितरण सुरु गर्ने भएको छ। कम्पनीले यस वर्षको दसैंका लागि दुई हजार खसीबोका काठमाडौंमा ल्याउने तयारी गरेको छ।

गत वर्ष एक हजारवटा खसीबोका र एक हजार वटा च्याङ्ग्रा बिक्री गरेको कम्पनीले यस वर्ष दुई हजार वटा खसीबोका मात्रै बिक्री वितरण गर्न लागेको हो।

कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दसैंमा खसीबोका र च्याङग्रा बिक्री गर्दै आएको छ। तर, यस वर्ष च्याङ्ग्रा नपाइएको र पाइएको पनि मूल्य अत्याधिक बढेको भन्दै कम्पनीले च्याङ्ग्रा विक्रि वितरण नगर्ने बताएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी बागमती प्रदेश कार्यालयकी सुचना अधिकृत सर्मिला न्यौपाने घटस्थापनाको भोलीपल्टदेखि अर्थात असोज २२ गतेदेखि राजधानीमा खसिबोका विक्रि वितरण सुरु गर्ने जानकारी दिइन्।

कम्पनीले दाङको तुलसीपुरबाट ८ सय वटा र हेटौडाबाट १२ सय वटा खसीबोका ल्याउने तयारी गरेको छ। कम्पनीले विगतमा नीजि क्षेत्रले बेच्ने बजार मूल्यभन्दा प्रति किलो १० रुपैयाँ मूल्य घटाएर खसि बोका विक्रि गर्ने सुचना अधिकृत न्यौपानेले  बताइन्।

कम्पनीले माग धान्नभन्दा पनि बजार मूल्य नियन्त्रणका लागि विगतमा झैं यसपटक पनि खसीबोका बिक्री गर्न लागेको बताएएको छ । दशैंका बेला काठमाडौं उपत्यकामा खसीबोकाको ११ लाख किलोभन्दा बढी मासु खपत हुने अनुमान छ।

चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि कम्पनीले सहुलियत पसल पनि सञ्चालनमा ल्याएको छ। कम्पनीले ३९ जिल्लाका ४३ आउटलेटबाट दैनिक उपभोग्य खाद्य सामग्रीहरुमा ५ देखि १० रुपैयाँसम्म छुट दिएर बिक्रि बितरण गरिरहेको छ।

प्रकाशित: Oct 04, 2021| 18:50 सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्