शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • गरिमा विकास बैंकका ग्राहकलाई ‘सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी’ र ‘चितवन प्याराडाइज होटल’मा छुट

गरिमा विकास बैंकका ग्राहकलाई ‘सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी’ र ‘चितवन प्याराडाइज होटल’मा छुट

‘सिद्घार्थ बिजनेस गु्रप अफ हस्पिटालिटी’ र पर्यटकीय गन्तव्य चितवनमा अवस्थित आकर्षक ‘चितवन प्याराडाइज होटल’ सँग गरिमा विकास बैंकले उनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधामा आकर्षक छुटको लागि सम्झौता गरेको छ।
 |  सोमबार, असोज १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज १८, २०७८

काठमाडौं– ‘सिद्घार्थ बिजनेस गु्रप अफ हस्पिटालिटी’ र पर्यटकीय गन्तव्य चितवनमा अवस्थित आकर्षक ‘चितवन प्याराडाइज होटल’ सँग गरिमा विकास बैंकले उनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधामा आकर्षक छुटको लागि सम्झौता गरेको छ। 

बैंकद्घारा जारी विज्ञप्ति अनुसार गरिमा विकास बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले ‘सिद्घार्थ बिजनेस गु्रप अफ हस्पिटालिटी’ र ‘चितवन प्याराडाइज होटल’को शाखाहरुबाट विल भुक्तानी गर्दा रुम र फुड एण्ड वेभरेजमा आकर्षक छुट पाउन सक्नेछन्।

गरिमा विकास बैंकले आफ्ना ग्राहकहरुको थप सुविधाको लागि विभिन्न हस्पिटालिटी सेक्टर, हेल्थ सेक्टर र अन्य सेक्टरहरु सँग छुट सम्बन्धि सम्झौता गर्दै आइरहेको र यसलाई भविष्यमा पनि प्राथमिकताको साथ निरन्तरता दिने जनाएको छ ।


प्रकाशित: Oct 04, 2021| 16:24 सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्