शनिबार, असोज १७, २०८३

ग्लोकल आफ्टर स्कुलले ल्यायो दसैं अफर

दशैं–तिहारको उपलक्ष्यमा ग्लोकल आफ्टर स्कुल (ग्लोकल प्रा.लिको इकाई) ले नयाँ र आकर्षक अफर ल्याएको छ ।
 |  सोमबार, असोज १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज १८, २०७८

काठमाडौं– दशैं–तिहारको उपलक्ष्यमा ग्लोकल आफ्टर स्कुल (ग्लोकल प्रा.लिको इकाई) ले  नयाँ र आकर्षक अफर ल्याएको छ ।

ग्लोकल प्रा.लि शिक्षा, उद्यमशीलता र सिपको क्षेत्रमा कार्यरत व्यावसायिक संस्था हो । विगत लामो समय देखि युवा वर्गको सीप विकास गर्न र आफ्नो रुची भएको विषयमा पोख्त हुन बिभिन्न कार्यक्रम, तालिम, प्रतिस्पर्धाहरु आयोजना गर्दै उनीहरुलाई प्रोत्साहित गर्दै आइरहेको छ । 

ग्लोकल आफ्टर स्कुलले विभिन्न विषयहरूमा अनलाइन पाठ्यक्रमहरू सुरू गरेको थियो । ग्लोकल आफ्टर स्कुलमा हालसम्म १०,००० भन्दा बढी विद्यार्थी, विभिन्न कोर्सहरुमा भर्ना भएका छन् भने ६० भन्दा बढी प्रशिक्षक सिपमूलक शिक्षा प्रदान गर्न ग्लोकलसँग आबद्ध छन्।

विजया दशमी, दीपावली र छठको शुभ अवसरमा आफ्टर स्कुलले रेकर्ड गरिएका पाठ्यक्रमहरुमा आवेदन खोलेको छ। जसमा  रुचि राख्ने शिक्षार्थीहरुको लागि रोचक अफरहरुको घोषणा गरेको छ। रेकर्ड गरिएका पाठ्यक्रमहरु उनीहरु आफ्नै गतिमा सिक्न सक्छन्। दशै दक्षिणामा सिकाइ भन्ने नाराका साथ ग्लोकल आफ्टर स्कुलले दसैं अफर ल्याएको हो। यो अफर नोभेम्बर १० सम्मका लागि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।


प्रकाशित: Oct 04, 2021| 16:21 सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्