शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • १०.०७ प्रतिशत ब्याज दिँदै सनराइज बैंकले ल्यायो पेरोल लोन सुविधा

१०.०७ प्रतिशत ब्याज दिँदै सनराइज बैंकले ल्यायो पेरोल लोन सुविधा

सनराइज बैंकले विभिन्न संघसंस्था तथा कार्यालयमा कार्यरत कर्मचारी वर्गलाई लक्षित गरी सनराइज पेरोल योजना ल्याएको छ ।
 |  सोमबार, असोज १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज १८, २०७८

काठमाडौं– सनराइज बैंकले विभिन्न संघसंस्था तथा कार्यालयमा कार्यरत कर्मचारी वर्गलाई लक्षित गरी सनराइज पेरोल योजना ल्याएको छ ।

यस योजना अन्तर्गत सनराइज बैंकमा पेरोल खाता भएका ग्राहकले बिना धितो रु. १५ लाख सम्मको कर्जा लिन सक्नेछन्। योजना अनुसार ग्राहकले अधिकतम २४ महिनाको तलब अथवा रु. ५ लाखसम्मको ओभरड्राफ्ट र रु १० लाखसम्मको टर्म लोन  गरी अधिकतम रु १५ लाख सम्मको कर्जा लिन सक्ने छन् ।

कर्जा लिन ग्राहक कुनै पनि संस्थाको कर्मचारी हुनुपर्ने छ । उक्त कर्जा ५ वर्ष सम्मको लागि प्रदान गरिने छ । साथै सनराइज बैंकले आफ्नो १४ औं वार्षिकोत्सव र दशैंको अवसर पारेर मुद्दति खातामा सर्वाधिक १०.०७ प्रतिशत सम्मको ब्याज दिने समेत व्यवस्था गरेको छ । 


प्रकाशित: Oct 04, 2021| 16:15 सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्