शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • देशभर ४० लाख सवारीसाधन, विद्युतीय ५० हजारमात्र [इन्फोग्राफ]

देशभर ४० लाख सवारीसाधन, विद्युतीय ५० हजारमात्र [इन्फोग्राफ]

आर्थिक सर्वेक्षण २०७७–०७८ अनुसार गत फागुनसम्ममा देशभर दर्ता भएका सवारीसाधनको संख्या ३९ लाख ८७ हजार २६७ छ। त्यसमा सबैभन्दा ठूलो हिस्सा मोटरसाइकल (७९.३ प्रतिशत) छ। १.४ प्रतिशत सार्वजनिक बस छन्।
 |  मंगलबार, असोज १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १९, २०७८

काठमाडौं– आर्थिक सर्वेक्षण २०७७–०७८ अनुसार गत फागुनसम्ममा देशभर दर्ता भएका सवारीसाधनको संख्या  ३९ लाख ८७ हजार २६७ छ। त्यसमा सबैभन्दा ठूलो हिस्सा मोटरसाइकल (७९.३ प्रतिशत) छ। १.४ प्रतिशत सार्वजनिक बस छन्।

यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौं उपत्यकामा सबै किसिमका गरी करिब १५ लाख सवारीसाधन सञ्चालनमा छन्। 

इलेक्ट्रिक भेइकल एसोसिएसनको तथ्यांकअनुसार त्यसमध्ये करिब ७०० सफा टेम्पो (विद्युतीय) छन्।

अहिले मुलुकभर करिब १५ हजारको संख्यामा विद्युतीय सवारी सञ्चालनमा रहेको नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा)का अध्यक्ष कृष्णप्रसाद दुलालले जनाए।उनका अनुसार काठमाडौं उपत्यकामा करिब ५ हजार विद्युतीय मोटरसाइकल गुडिरहेका छन्।

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७७–०७८मा पेट्रोलको आयात ५ लाख ९१ हजार ४५८ किलोलिटर भएको छ। सो आवमा १७ लाख १३ हजार ७४५ किलोलिटर डिजेल आयात भएको छ। आयातित डिजेलमध्ये १५ देखि २० प्रतिशत विकास निर्माणका काममा खर्च हुने गरेको नेपाल आयल निगमले जनाएको छ।

निगम प्रवक्ता उपाध्यायका अनुसार बाँकी रहेको डिजेललाई १ सय प्रतिशत मान्दा त्यसको १८ देखि २२ प्रतिशत काठमाडौं उपत्यकामा मात्रै खपत हुने गरेको छ।

यातायात व्यवस्था विभागले २०७५ सम्मका सवारी साधनको मात्रै तथ्यांक अपडेट गरेको छ। त्यसभन्दा पछिको सवारीसाधनको तथ्यांक यातायात व्यवस्था विभागले अपडेट नगरेकाले सम्बन्धित अधिकारीहरुसँग गरिएको कुराकानीका आधारमा तथ्यांक तयार पारिएको हो।

प्रकाशित: Oct 05, 2021| 14:15 मंगलबार, असोज १९, २०७८
प्रतिक्रिया दिनुहोस्