मंगलबार, साउन २६, २०८३

काबुलको एक मस्जिदबाहिर विस्फोट, दुई सर्वसाधारणको मृत्यु

उक्त विस्फोटमा कम्तिमा पनि दुई जनाको मृत्यु भएको वरिष्ठ तालिबानी अधिकारीले जानकारी गराएका छन्।
 |  आइतबार, असोज १७, २०७८

अलजजिरा

अलजजिरा

आइतबार, असोज १७, २०७८

काबुल- अफगानिस्तानको राजधानी काबुलस्थित एक मस्जिदमा विस्फोट भएको छ। उक्त विस्फोटमा कम्तिमा पनि दुई जनाको मृत्यु भएको वरिष्ठ तालिबानी अधिकारीले जानकारी गराएका छन्। 

तालिबान सरकारको गृह मन्त्रालयका प्रवक्ता कारी सायद खोस्टीले एएफपीलाई दिएको जानकारी अनुसार उक्त विस्फोटमा दुई सर्वसाधारणको मृत्यु भएको र अन्य तीन जना घाइते भएका छन्। 

काबुलको इद गाह मस्जिदको प्रवेशद्वारा नजिकै आइतबार विस्फोट भएको तालिबानी प्रवक्ता जाबिहुल्लाह मुजाहिदले बताएका छन्। 

उक्त विस्फोटमा तालिबानी लडाकूलाई कुनै क्षति नभएको बताइएको छ। उनले घटनामा मृत्यु भएकाहरुको विस्तृत विवरण भने बताएनन्। घटनाको अनुसन्धान भइरहेको उनले जानकारी दिए। 

घाइतेहरुलाई काबुलको आपतकालीन अस्पतालमा लगिएको छ। अस्पताल स्रोतका अनुसार चार जना घाइतेको उपचार भइरहेको छ। 

उक्त विस्फोटको जिम्मेवारी हालसम्म कुनै पनि निकायले लिएको छैन। 

प्रकाशित: Oct 03, 2021| 19:58 आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।