काठमाडौं- प्रमुख भन्सार नाका वीरगञ्ज शुक्रबारदेखि पूर्ण रूपमा खुला गरिएको छ। अब सर्वसाधारण नागरिकले सीमापार वारपार गर्न थालेका छन्।
कोरोनाको कारण २०७६ चैत ११ गतेदेखि मुख्य नाका बन्द गरिएको थियो। त्यसपछि हालसम्म करिब डेढ वर्ष बन्द भएको नाका शुक्रबारदेखि औपचारिक रुपमा सर्वसाधारणका लागि खुल्ला गरिएको हो।
अब दुवै देशका सर्वसाधारण नागरिकले आफ्ना नीजि सवारीसहित सीमानाका वारपार गर्न पाउने जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ।
तर पूर्ण रुपमा स्वास्थ्य सुरक्षाका उपाय अपनाउनुपर्ने प्रशासनको भनाइ छ। अब उनीहरुले सवारी साधन पनि लिएर नेपाल प्रवेश पाउनेछन्।