शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • इन्टरनेट कम्पनी र विद्युत प्राधिकरणबीच विवाद, सर्वोच्च पुग्यो रिट

इन्टरनेट कम्पनी र विद्युत प्राधिकरणबीच विवाद, सर्वोच्च पुग्यो रिट

इन्टरनेट सेवा प्रदायकको संस्था इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) नेपालले विद्युत प्राधिकरणविरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन्। बुधबार रिट दायर भएको हो।
 |  शुक्रबार, असोज १५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १५, २०७८

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका पोल प्रयोग गरेपनि भाडा नतिर्ने इन्टरनेट र केवल टिभी सेवा प्रदायकको तार तार काट्ने  प्राधिकरणको चेतावनीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ।

इन्टरनेट सेवा प्रदायकको संस्था इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) नेपालले विद्युत प्राधिकरणविरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन्। बुधबार रिट दायर भएको हो। 

प्राधिकरणले पोल भाडा बढाएको भन्दै इन्टरनेट सेवा प्रदायकहरु आन्दोलनमा नै  रहेका बेला प्राधिकरणले तार काट्ने चेतावनी दिएपछि इन्टरनेट कम्पनीहरू सर्वोच्च पुगेका हुन्। बढेको पोल भाडाअनुसार भाडा रकम चुक्ता गर्न प्राधिकरणले असोज १५ गतेसम्मको अल्टिमेटम दिएको थियो।

प्रकाशित: Oct 01, 2021| 21:45 शुक्रबार, असोज १५, २०७८
प्रतिक्रिया दिनुहोस्