शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • जुम क्लास लिएर नेटवर्किङ बिजनेसका नाममा ठगी गर्ने दुई जना पक्राउ

जुम क्लास लिएर नेटवर्किङ बिजनेसका नाममा ठगी गर्ने दुई जना पक्राउ

अनुमति नै नलिई भारतको सिलिगुढीस्थित इम्पोरियम मार्केटिङ प्रालिसँग सम्पर्क राखेको भन्दै पिरामिड शैलीमा सदस्य बनाई अनलाइन व्यापारका नाममा ठगी गरेको उजुरी परेपछि उनीहरूलाई पक्राउ गरिएको महाशाखाको भनाइ छ।
 |  शुक्रबार, असोज १५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १५, २०७८

काठमाडौं- नेटवर्किङ बिजनेसका नाममा ठगी गर्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्र जिल्ला धुलिखेल नगरपालिका वडा नम्बर-९ का २७ वर्षीय नवराज गौतम र रामेछाप जिल्ला खाडाँदेवी गाउँपालिका वडा नम्बर ७ का २५ वर्षीय विनोद महते छन्। शुक्रबार उनीहरू दुवै जना पक्राउ परेको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ।  

अनुमति नै नलिई भारतको सिलिगुढीस्थित इम्पोरियम मार्केटिङ प्रालिसँग सम्पर्क राखेको भन्दै पिरामिड शैलीमा सदस्य बनाई अनलाइन व्यापारका नाममा ठगी गरेको उजुरी परेपछि उनीहरूलाई पक्राउ गरिएको महाशाखाको भनाइ छ। 

'इम्पोरियमको सदस्य बने भने तिम्रो लाइफ बन्छ', 'मार्केटिङ्गको बिजनेस गरेमा पछि सोही कम्पनीमा राम्रो जागिर मिल्छ', 'घरमा बसेर पैसा कमाउन सकिन्छ', भनी प्रलोभन दिएका थिए। यही भन्नका लागि उनले ३ दिन जुम क्लाससमेत लिन लगाएका थिए। उनीहरूले १ लाख २० हजार पठाउन लगाएका थिए। 

महते र गौतम दुवै जना उक्त कम्पनीका मार्केटिङ क्याप्टेन हुन्। उनीहरूलाई आवश्यक कारबाहीको लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, बबरमहल पठाइएको महाशाखाले जानकारी दिएको छ।

प्रकाशित: Oct 01, 2021| 18:38 शुक्रबार, असोज १५, २०७८
प्रतिक्रिया दिनुहोस्