शनिबार, जेठ ५, २०८१

जो घरमै चराको चिरबिर मन पराउँछन्

सुगा पाल्नेहरुले साना बालकलाई बोल्न सिकाएजस्तै सुगालाई पनि बोल्न सिकाउँछन्। बोल्न सिकाउनका लागि कम उमेरका ‘साना’ सुगा उपयुक्त हुने भएकाले साना सुगाको मूल्य ठूलाको भन्दा अधिक हुन्छ।
 |  शनिबार, असोज १६, २०७८

विकल श्रेष्ठ

विकल श्रेष्ठ

शनिबार, असोज १६, २०७८

काठमाडौं– चराप्रति मानिसको आकर्षण बढ्दो छ। कोही घरको शोभा बढाउन चरा पाल्छन् त कोही शुभ तथा लक्षिनका लागि चरा पाल्ने गर्छन्। 

triton college

चरा पाल्नेको आ–आफ्नै रुचि र शोख भए पनि यो नयाँ व्यावसायको रुपमा फस्टाउँदै गएको छ। चार वर्षको दुबई बसाइपछि नेपाल फर्किएका रिउबेन तामाङ केही नयाँ व्यवसाय गर्नुपर्छ भन्ने सोचमा थिए। आफ्नो योजना तयारीको क्रममा उनले आफूलाई पनि सोख लाग्ने चरा व्यवसाय रोजे।

कोरोना महामारीपछि बजार खुल्दै गरेको अवसरमा उनले पनि दुई महिनाअघि चरा पसल खोले। उनको पसलमा साना–ठूला गरी १० प्रजातिका चरा पाइन्छन्। ‘मानिसहरुमा सुगाप्रति रुचि र आकर्षण बढेको छ,’ उनले भने, ‘बजिट र ककटिल सुगाबाहेक अरु सुगा प्रजाति मानिसले जस्तै आवाज निकाल्छन्। त्यही भएर त्यसमा आकर्षण छ।’

चराको मूल्य प्रजाति अनुसार फरक फरक छ। महँगोमा पर्ने एलेक्जेन्ड्रको एउटाको पाँच–छ हजारसम्म पर्छ। रेड बिस्ट अर्थात मदनभोलाको २ हजारदेखि ३ हजारसम्म पर्छ। नेपालमा रुचाइने अर्को प्रजाति लभ वर्ड अर्थात बजिटको जोडीको ३ हजार जति पर्छ। डाइमण्ड डोेभ अर्थात चखेवाको जोडीको ६ हजार पर्ने तामाङ बताउँछन्।

परेवा प्रजातिको भने तुलनात्मक रुपमा मूल्य सस्तो छ। परेवामा मसक्कली प्रजातिको जोडीको ४ हजार पर्छ भने हाइफ्लायरको २ हजार पर्छ। मसक्कली परेवा हेर्दामा मयुरजस्तै पुच्छर भएको आकर्षक हुन्छ र हाइ फ्लायर परेवा धेरै उचाइसम्म उड्न सक्छ। मूल्यको हिसाबले मसक्कली भन्दा हाइ फ्लायर सस्तो पर्छ।

corrent noodles
Metro Mart

चराबाहेक गिनिपिग र खरायो पनि पाल्ने गरिएको छ। गिनिपिग जोडीको २५ सय–तीन हजार पर्छ भने खरायो १२ सय देखि १५ सयसम्ममा पाइन्छ।

चरा पाइने पसलमा पिँजडालगायत खाना, दानालगायतको चरालाई चाहिने सामग्री पनि पाइन्छ। १५ सय देखि ५ हजारसम्मका पिँजडा पाइन्छन्।

विविध प्रजाति

सुगा पाल्नेहरुले साना बालकलाई बोल्न सिकाएजस्तै सुगालाई पनि बोल्न सिकाउँछन्। बोल्न सिकाउनका लागि कम उमेरका ‘साना’ सुगा उपयुक्त हुने भएकाले साना सुगाको मूल्य ठूलाको भन्दा अधिक हुन्छ।

सुगाजस्तै अर्को बजिट चरा पनि धेरै मानिसहरुको रोजाइमा पर्ने गरेको छ। बजिट चरा ‘लभ बर्ड’ नामले प्रख्यात छ। आकारमा सानो हुने यी चराहरु जोडीबिना बच्न सक्दैनन्। आकर्षक यी चराको स्वर पनि सुमधुर हुन्छ।

बजिटजस्तै अर्को आकर्षक चरा हो ‘डाइमन्ड डोभ’। नेपाली ढुकुरजस्तै देखिने यो चरा सानो आकारको हुन्छ। यो चरा पनि जोडीमा बस्ने गर्छ। बजिट र डाइमन्ड डोभ जस्तै प्लम हेड, ब्लास्म हेड, स्ट्रबेरी फ्युड्ज, अस्ट्रेलिएन जेब्रा पनि मानिसको रोजाइमा पर्ने गरेको स्वयम्भूमै चरा पसल चलाउँदै आएका मोहम्मद अशलम बताउँछन्। उनी विगत ६ वर्षदेखि यो पेशामा आवद्ध छन्।

हेर्दा आकर्षक देखिने ‘ह्वाइट माउस’ र ‘आउल पोलिस’ जस्ता कुखुरा पनि उनको पसलमा छन्। आउल पोलिस कुखुरा आम कुखुराभन्दा महँगो हुने भएकाले विशेषगरी सजावटका लागि लगिने गरिन्छ।

शिरमा जुरो हुने यी कुखुरा प्रजाति ठूला र आकर्षक देखिन्छन्, त्यसैले शौखिनहरुले लैजान्छन्। उनका पसलमा धेरैजसो मानिस परेवा खरिद गर्न आउने गर्छन्। केही पाल्नको लागि खरिद गर्छन् भने केहीको मन्दिरमा चढाउने भाकल हुन्छ।

अशलमका अनुसार अधिकांश चरा नेपालमा नै ब्रिडिङ र ह्याचरी गरी उत्पादन गरिन्छ भने केही चरा भारतबाट ल्याइन्छन्। चरासँगै यस्ता पसलमा खरायो र गिनिपिग पनि पाइन्छ।

उनका अनुसार खरायो र गिनिपिग जस्तोसुकै वातावरणमा बाँच्न सक्छ। यी दुवै जनावर जंगली भए पनि अहिले घर पालुवाको रुपमा पालिन्छ। खरायो र गिनिपिग छुट्टाछुट्टै प्रजातिका भए पनि यिनिहरु मिलेर बस्छन् र एकै प्रकारका खानेकुरा खान्छन्। गिनिपिग खरायोभन्दा महँगो हुन्छ र यसको माग पनि धेरै छ। उनका अनुसार यस्ता व्यवसायमा विगतमा भन्दा धेरै प्रतिस्पर्धा पनि छ।

प्रकाशित: Oct 02, 2021| 10:10 शनिबार, असोज १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।