बिहीबार, पुस १०, २०८२

संसद्‍मा आवाज सशक्त बनाउन विपक्षी दलहरूसँग कांग्रेसको छलफल

 |  शुक्रबार, जेठ ४, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ४, २०८१

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूसँग छलफल सुरू गरेको छ।

National life

संसद्‌मा सत्ता पक्षले पेलेर जाने रणनीति लिएको र सभामुखले निष्पक्ष भूमिका नखेलेको भन्दै कांग्रेसले सबै विपक्षी एक हुने रणनीति बनाएको हो। सभामुख पार्टीको पूर्वसदस्यकै रूपमा प्रयोग भइरहेको कांग्रेसको ठम्याइ छ। सभामुख देवराज घिमिरे नेकपा एमालेका पूर्वसांसद हुन्।

सबै विपक्षी दलहरू सामूहिक रूपमा सहकारी ठगीविरुद्ध उभिने गरी छलफल भइरहेको कांग्रेसका एक नेताले बताए। राप्रपा, जनमत, जसपा, लोसपासहितका नेताहरूसँग कांग्रेसले छलफल गरिरहेको छ।

सत्ता पक्षले प्रतिपक्षी आवाज दबाउने प्रयास गरेपछि प्रतिपक्षीहरू एक ठाउँ उभिन लागेका हुन्। बिहीबार संसद् बैठकमा सत्ता पक्ष र नेपाली कांग्रेसका सांसदहरुबीच घम्साघम्सी भएको थियो। कांग्रेसको विरोधका बाबजुद सभामुखले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि तनाव सिर्जना भएको हो।

प्रकाशित: May 17, 2024| 11:39 शुक्रबार, जेठ ४, २०८१
प्रतिक्रिया दिनुहोस्