सोमबार, जेठ २६, २०८२

प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर स्थगित

 |  शुक्रबार, जेठ ४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ४, २०८१

vianetvianet

काठमाडौं- प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। आज बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठक बस्दै नबसी सूचना टाँस गरी आइतबार बिहान ११ बजेसम्मको लागि स्थगित गरिएको हो।

हिजो बसेको बैठकमा कांग्रेस र एमालेका सांसदहरूबीच धकेलाधकेल भएपछि आज ११ बजेका लागि बैठक बोलाइएको थियो। तर, दलहरुबीच सहमति नजुट्दा बैठक बस्न सकेन।

कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानबाट पछि नहट्ने बटमलाइन बनाएको छ। तर, सहकारी प्रकरणमा समिति गठन हुने विषयमा सहमतिको सम्भावना कमजोर बन्दै गइरहेको छ।

सदनको गतिरोध हटाउन प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई छलफलको लागि आज बालुवाटार बोलाएका छन्। त्यसअघि प्रधानमन्त्रीले एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछाने गरेका थिए।

प्रकाशित: May 17, 2024| 15:06 शुक्रबार, जेठ ४, २०८१
प्रतिक्रिया दिनुहोस्