सोमबार, जेठ २६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • सहकारी प्रकरणबारे छानबिन समिति गठन हुनुपर्ने मागमा कांग्रेससहित पाँच दल एकमत

सहकारी प्रकरणबारे छानबिन समिति गठन हुनुपर्ने मागमा कांग्रेससहित पाँच दल एकमत

 |  शुक्रबार, जेठ ४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ४, २०८१

vianetvianet

काठमाडौं- सहकारी प्रकरणका संसदीय छानबिन समिति गठन हुनुपर्नेमा प्रतिपक्षी पाँच दल एकमत देखिएका छन्।

शुक्रबार नयाँ बानेश्वरमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा भएको बैठकमा संसदीय छानबिन समिति गठन हुनुपर्ने निष्कर्ष निकालिएको हो।

यसैगरी बैठकले बिहीबार प्रतिनिधिसभा बैठकमा सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै यसबारे उनलाई भेटेर ध्यानाकर्षण गराउने निर्णय भएको छ। बैठकमा कांग्रेससहित लोसपा, जसपा नेपाल, राप्रपा र राष्ट्रिय जनमोर्चाको सहभागिता थियो। बैठकमा प्रतिपक्षमा रहेको सीके राउत नेतृत्वको जनमत पार्टी भने उपस्थित थिएन।

कांग्रेसले निरन्तर सहकारी ठगीमा मुछिएका रवि लामिछानेको विषयमा संसदीय छानबिनको माग गर्दै आएको छ।

प्रकाशित: May 17, 2024| 12:47 शुक्रबार, जेठ ४, २०८१
प्रतिक्रिया दिनुहोस्