शनिबार, असोज १७, २०८३

'म्याक्स मिडिया डिजिटल गुरु प्रतियोगिता' हुने

म्याक्स मिडियाको आयोजनामा ‘म्याक्स मिडिया डिजिटल गुरु’ प्रतियोगिता हुने भएको छ। डिजिटल मिडियाका विज्ञ व्यक्तिहरुको पहिचान गर्न प्रतियोगिता गर्न लागिएको आयोजक म्याक्स मिडियाले जानकारी दिएको छ।
 |  शुक्रबार, असोज १५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १५, २०७८

काठमाडौं– म्याक्स मिडियाको आयोजनामा ‘म्याक्स मिडिया डिजिटल गुरु’ प्रतियोगिता हुने भएको छ। डिजिटल मिडियाका विज्ञ व्यक्तिहरुको पहिचान गर्न प्रतियोगिता गर्न लागिएको आयोजक म्याक्स मिडियाले जानकारी दिएको छ।

समग्र नेपाली मिडिया उद्योगलाई टेवा पु¥याउन विज्ञ व्यक्तिहरुको पहिचान, प्रोत्साहन र अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ। नेपालमा विभिन्न विदेशी कम्पनीसँग सहकार्य गरेर डिजिटल मिडियासम्बन्धी काम गर्ने अभ्यास भइरहेको छ। प्रतियोगिताले स्वदेशमै लुकेर रहेका डिजिटल मिडियासम्बन्धी प्रतिभाको खोजी गरी उनीहरुलाई प्रोत्साहित गर्ने विश्वास गरिएको छ। नेपालमा डिजिटल मिडियाको सम्भावना उच्च रहेकाले प्रतियोगिता आयोजना गरिएको हो।

सहभागीले प्रतियोगिताको नियममा रही आफ्नो रुचिको विषयमा डिजिटल मिडियासम्बन्धी सबल प्रस्तुति दिनुपर्ने छ। प्रतियोगिताका विजेताले रु. पाँच लाख सम्म पुरस्कार प्राप्त गर्ने छ।


प्रकाशित: Oct 01, 2021| 11:53 शुक्रबार, असोज १५, २०७८
प्रतिक्रिया दिनुहोस्