शनिबार, असोज १७, २०८३

मास्क नलगाई सार्वजनिक गाडी चढ्न प्रतिबन्ध

यो आदेश बिहीबार राती १२ बजेदेखि अर्को आदेश जारी नहुन्जेलसम्म लागू हुने गरी काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले आदेश जारी गरेका छन्।
 |  बिहीबार, असोज १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १४, २०७८

काठमाडौं- काठमाडौं उपत्यकमा मास्क नलगाए सवारी साधनमा प्रेशव गर्न नपाइने भएको छ। उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले यस्तो आदेश जारी गर्ने  निर्णय गरेको हो।

यो आदेश बिहीबार राती १२ बजेदेखि अर्को आदेश जारी नहुन्जेलसम्म लागू हुने गरी काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले आदेश जारी गरेका छन्।

यस्तै सार्वजनिक यातायातका साधनले सिट क्षमताभन्दा बढी सिटमा यात्रु बोक्न समेत पाउने छैनन्। सार्वजनिक सवारी साधनका चालकले मास्क, भाइजर र पञ्जा लगाउनुपर्ने समेत आदेशमा भनिएको  छ। र्वजनिक सवारीका साधनको ढोकामा अनिवार्य रूमपा स्यानिटाइजरको व्यवस्था गर्नुपर्नेछ। 

सार्वाजनिक यातायात सेवा प्रवाह गर्ने सवारी साधन दैनिक रूपमा स्यानिटाइज गर्नुपर्नेसमेत प्रशासनको आदेश छ। 

यस्तो छ आदेशको पूर्णपाठ

प्रकाशित: Sep 30, 2021| 15:33 बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्