शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सनराइज बैंकको अगुवाइमा लाङटाङ खोला जलविद्युत् आयोजनामा तीन बैंकको लगानी

सनराइज बैंकको अगुवाइमा लाङटाङ खोला जलविद्युत् आयोजनामा तीन बैंकको लगानी

स्याफ्रुबेसी, रसुवामा रहेको लाङटाङ खोला जलविद्युत आयोजनाको फाइनान्सियल क्लोजर सम्पन्न भएको छ।
 |  बिहीबार, असोज १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १४, २०७८

काठमाडौं– स्याफ्रुबेसी, रसुवामा रहेको लाङटाङ खोला जलविद्युत आयोजनाको फाइनान्सियल क्लोजर सम्पन्न भएको छ। उक्त आयोजनामा सनराइज बैंकको अगुवाइमा सिद्घार्थ बैंक तथा एनसी.सी बैंकको सहभागितामा बनेको कन्सोर्टियमद्वारा करिब ३ अर्ब लगानी गर्ने सम्झौता भएको छ। 

११ असोजमा प्रवद्र्घक कम्पनी मल्टी इनर्जी डेभलपमेण्ट प्रा.लि र बैंकबीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको छ। कम्पनीका अध्यक्ष कृष्ण प्रसाद आचार्य स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपालका अध्यक्ष समेत रहेका छन्। 

२० मेगावाट क्षमताको यो आयोजनाको लागत अनुमानित ३ अर्ब ६४ करोड रुपैयाँ छ। कम्पनीले यो आयोजनाको निमार्ण कार्य ठेकेदार परिचालन भएको ३० महिनाभित्र सम्पन्न गरी विद्युत उत्पादन शुरु गर्ने लक्ष्य लिएको छ। आयोजनाको निर्माण पूरा भई उत्पादन हुने विद्युत चिलिमे हब सबस्टेशनमा लगेर जोडिनेछ। यो आयोजना लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्दछ । 

कम्पनीका अनुसार आयोजनाबाट वाषर््िाक १३३.३० गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ, जसमा सुख्खायामको उत्पादन ३४.७ गिगावाट घण्टा र बर्खायामको उत्पादन ९८.६ गिगावाट घण्टा हुनेछ । 

पहिले यो आयोजना इपिसिएफ (इन्जिनियरिङ, प्रोक्योरमेन्ट, कन्स्ट्रक्सन एण्ड फाइनान्स) मोडलमा निर्माण गर्ने गरी चिनियाँ कम्पनीसँग सम्झौता भएको थियो। तर कोरोना महामारीका कारण चिनियाँ कम्पनीका प्राविधिक तथा कामदार नेपाल आउन नसकेपछि परियोजनाको पुनरावलोकन पश्चात् हाल बीओक्यु (बील अफ क्वान्टिटी) मोडलमा परियोजनाको निर्माण नेपाली ठेकेदार मार्फत सम्पन्न गर्ने कम्पनीले लक्ष्य लिएको छ । 


प्रकाशित: Sep 30, 2021| 13:48 बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्