शनिबार, असोज १७, २०८३

स्मार्टडोको– स्मार्ट दसैं अफर

ईकमर्श एप स्मार्टडोकोले ‘स्मार्ट दसैं अफर’ सार्वजनिक गरेको छ। स्मार्टडोकोले दसैं अफरअन्तरगत ग्राहकलाई २० प्रतिशतसम्म क्यास ब्याक दिने भएको हो।
 |  बिहीबार, असोज १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १४, २०७८

काठमाडौं– ईकमर्श एप स्मार्टडोकोले ‘स्मार्ट दसैं अफर’ सार्वजनिक गरेको छ। स्मार्टडोकोले दसैं अफरअन्तरगत ग्राहकलाई  २० प्रतिशतसम्म क्यास ब्याक दिने भएको हो। 

ग्राहकले हिमालयन बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाइन भुक्तानी गर्दा २० प्रतिशत अर्थात ७२० रुपैयाँ क्यासब्याकका साथै बैंक अफ काठमाडौंको डेबिट र क्रेडिट कार्डबाट अनलाइन भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक दिने भएको  हो। त्यस्तै माछापुछ«े बैंकको डेबिट र क्रेडिट कार्डबाट अनलाइन भुक्तानी गर्दा दैनिक २१ प्रतिशत क्यासब्याक ग्राहकलाई दिइने स्मार्ट डोकोले जानकारी दिएको छ।

दसैंमा ग्राहकहरूले दैनिक १० हजार रुपैयाँसम्मको आकर्षक उपहारसमेत जित्न सक्ने स्मार्टडोकोको भनाई छ। स्मार्टडोकोबाट सामान खरिद गर्ने ग्राहकले दैनिक डाइमण्ड ओमेगा १८ लिटरको ओभर टोस्टर ग्रिलर, क्रेन इलेक्ट्रिकल अल्ट्रासोनिक कुल एयर प्युरिफायर, पोको किड्स गिफ्ट भाउचर, बेबी ट्रि गिफ्ट भाउचर, इनर्जाइजर पावर बैंक, गोल्डस्टार जी १० जुत्ता र जापानिज क्वार्र्टाज मुभमेन्ट जेन्युन लेदर ब्याण्ड रिस्टवाच जिन्त सक्ने स्मार्ट डोकोले जनाएको छ। स्मार्टडोकोले स्मार्ट दसैं अफरमा ग्राहकहरूलाई इलेक्ट्रिोनिक्स, हेल्थ एण्ड ब्यूटी, एपिरियल्स, बेबी केयर र अन्य सामग्रीहरू सस्तो मूल्यमा उपलब्ध गराउँदै आएको छ। साथै ग्राहकले अधिकतम ७० प्रतिशतसम्म छुट पाउने समेत व्यवस्था गरिएको स्मार्ट डोकोको दाबी छ।

स्मार्टडोकोसँग १० हजारभन्दा बढी प्रडक्ट छन्। ग्राहकले १० फरक वर्गका सामान जस्तै कोभिड–१९का लागि आवश्यक सामग्री, फूड र ग्रोसरी, हेल्थ एण्ड ब्यूटी, इलेक्ट्रोनिक्स, होम र लिभिङ, बेबी केयर र अन्य सामग्री स्मार्टडोकोबाट खरिद गर्न सक्नेछन्। साथै, ग्राहकले विहान ११ बजेभन्दा अगाडि अर्डर गरेमा सोही दिन सामान पाउन सक्नेछन्।

स्मार्टडोकोका ग्राहकले काठमाडौं उपत्यहाको रिङरोडभित्र निःशुल्क डेलिभरी र रिङरोडभन्दा बाहिर निकै कम शुल्कमा समान डेलिभरीको सुविधा पाउन सक्ने दाबी गरेको छ। स्मार्ट डोकोको उक्त अफर असोज १४ देखि २१ गतेसम्म हुने जनाएको छ।

प्रकाशित: Sep 30, 2021| 12:29 बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्