सोमबार, फागुन १८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • जेलभित्रै दुई समूहबीच गोली हानाहान भएपछि २४ जनाको मृत्यु

जेलभित्रै दुई समूहबीच गोली हानाहान भएपछि २४ जनाको मृत्यु

इक्‍वेडरको राष्ट्रिय प्रहरी ब्युरोले मुलुकको गुयाक्‍विलमा रहेको एक जेलमा दुई समूहबीच भएको भिडन्तमा कम्तिमा पनि ४२ जना घाइते भएको जनाइएको छ।
 |  बुधबार, असोज १३, २०७८

अलजजिरा

अलजजिरा

बुधबार, असोज १३, २०७८

कुइटो- इक्‍वेडरको एक जेलभित्र भएका गोली हानाहान र ग्रिनेड प्रहार भएपछि २४ जनाको मृत्यु भएको छ। इक्‍वेडरको राष्ट्रिय प्रहरी ब्युरोले मुलुकको गुयाक्‍विलमा रहेको एक जेलमा दुई समूहबीच भएको भिडन्तमा कम्तिमा पनि ४२ जना घाइते भएको जनाइएको छ। 

गुयाका गर्भनर पाब्लो अरोसेमेनाले मंगलबार पत्रकार सम्मेलनका क्रममा लिट्रोल जेलबाहिर सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिएका छन्।

क्षेत्रीय प्रहरी कमाण्डर जनरल फाउस्तो बुइनानोले हाते ग्रिनेड प्रहार विस्फोट भएपछि मृत्यु हुनेको संख्या बढेको बताएका छन्। उनका अनुसार जेलभित्रै गोली चलेको, चक्कु प्रहार भएको र ग्रिनेड विस्फोट गराइएको पाइएको छ। 

जेलभित्र रहेका लोस लोबोस र लोस कोनेरोस समूहबीच द्वन्द्व बढेपछि उक्त घटना भएको बताइएको छ। टेलिभिजनमा देखाइएका दृश्य अनुसार एक समूहले अर्कोलाई झ्यालबाट गोली प्रहार गरिरहेको देखाइएको छ। 

मेक्सिन लागुऔषध माफियासँग सम्बन्ध भएका समूहहरु जेलभित्र भएपछि उक्त जेल युद्धमैदानमा परिणत भएको थियो। गत साता जेलभित्रैबाट प्रहरीले दुईवटा पेस्तोल, एक रिभल्भर, ५०० राउन्ड गोली, हाते ग्रिनेड, चक्कुहरु र घरेलु विस्फोटक पदार्थ बरामद गरेको थियो। 

kumari

अम्बुड्सम्यान मानवअधिकारको तथ्यांक अनुसार सन् २०२० मात्रै १०३ कैदीको मृत्यु भएको थियो। 

प्रकाशित: Sep 29, 2021| 17:16 बुधबार, असोज १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।