शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • हाम्रो पात्रोले ल्यायो रेमिटेन्स सेवा, दसैंमा निःशुल्क मनी ट्रान्सफर

हाम्रो पात्रोले ल्यायो रेमिटेन्स सेवा, दसैंमा निःशुल्क मनी ट्रान्सफर

लोकप्रिय एप हाम्रोपात्रोले रेमिटेन्स सेवा सुरु गरेको छ। हाम्रोपात्रोले एउटै एपमा विभिन्न सुविधा उपलब्ध गराउँदै आएको छ। एपमा विदेशबाट नेपाल रकम पठाउन सकिने सेवा थपिएको हो।
 |  बुधबार, असोज १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज १३, २०७८

काठमाडौं– लोकप्रिय एप हाम्रोपात्रोले रेमिटेन्स सेवा सुरु गरेको छ। एपमा विदेशबाट नेपाल रकम पठाउन सकिने सेवा थपिएको हो।यसअघि हाम्रोपात्रोले एउटै एपमा विभिन्न सुविधा उपलब्ध गराउँदै आएको छ। 

यो सेवामार्फत तत्कालका लागि अमेरिकामा रहेका नेपालीले नेपालमा रकम पठाउन सक्नेछन्। अमेरिकी बैंकमा रहेको खाता तथा डेबिट कार्डबाट जुनसुकै नेपाली बैंकको खातामा रकम पठाउन सकिने हाम्रोपात्रोका संस्थापक शंकर उप्रेतीले बताएका छन्। 

तत्काल अमेरिकामा रहेका नेपालीका लागि उपलब्ध यो सेवा आगामी दिनमा क्रमशः अस्ट्रेलिया, जापान, दक्षिण कोरिया हुँदै अन्य मुलुकमा समेत विस्तार गरिने उप्रेतीले जानकारी दिए।

‘हाम्रोपात्रो एपमार्फत प्रयोगकर्ता आफैंले रकम पठाउन सकिने भएपछि त्यसका लागि हाम्रो जनशक्तिमा लाग्ने खर्च एकदमै कम हुन्छ,’ उनले भने, ‘अब न्यूनतम सेवा शुल्कमा विदेशबाट रेमिटेन्स नेपाल पठाउन सम्भव भएको हो।

रेमिट सेवा सुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफरसमेत सार्वजनिक गरेको छ। दसैंतिहारका अवसरमा प्रयोगकर्ताले हाम्रोपात्रोबाट सुरुवाती तीन पटकसम्म निःशुल्क रुपमा रेमिटेन्स नेपाल पठाउन सक्नेछन्। तत्कालका लागि रेमिटेन्स पठाएको दुईदेखि तीन दिनमा नेपाली बैंकको खातामा रकम जम्मा हुने भन्दै कम्पनीले एक महिनाभित्र एपमा तुरुन्तातुरुन्तै रकम ट्रान्सफर गर्न सकिने सुविधा उपलब्ध हुनेछ। 

हाम्रोपात्रोले आफ्नो प्रारम्भिक समयदेखि नै फोरक्स अर्थात् विदेशी मुद्राको नेपाली विनिमयदर हेर्न सकिने सुविधा दिँदै आएको छ। अब एउटै एपमा विनिमय दर हेर्ने र रेमिटेन्स पठाउने सुविधा सँगसँगै उपलब्ध भएको छ। रेमिटेन्स सेवाका लागि कम्पनीले सम्बन्धित देशका लाइसेन्स होल्डरसँग सहकार्य गरिएको जनाएको छ।

यस्तो छ प्रयोग गर्ने तरिका

प्रयोगकर्ताले हाम्रोपात्रोको यो सेवा प्रयोग गर्न एन्ड्रोइडका लागि गुगल प्ले स्टोरमा गएर तथा आईओएस एप स्टोरमा  हाम्रोपात्रोको एप डाउनलोड अथवा अपडेट गर्नुपर्नेछ। साथै वेबसाइटबाट समेत हाम्रोपात्रोको रेमिट सेवा प्रयोग गर्न सकिनेछ। 

प्रकाशित: Sep 29, 2021| 14:05 बुधबार, असोज १३, २०७८
प्रतिक्रिया दिनुहोस्