शनिबार, असोज १७, २०८३

तरलता सुविधा लिएर कर्जा विस्तार गर्दै बैंकहरू

'एकातिर राष्ट्र बैंकहरुले तरलता अभाव भएको भन्दै एसएलएफ लिने अर्कोतिर सोही रकम लगेर कर्जा दिने गरिरहेका छन्,' उनको प्रश्न छ, 'तरलता अभाव हो भने त कर्जा प्रवाह कम हुनुपर्ने। आक्रामक कसरी हुन सक्छ?’
 |  मंगलबार, असोज १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १२, २०७८

काठमाडौँ- बजारमा तरलता अभाव भइरहेको भनिएका बेला वाणिज्य बैंकहरूले भने आक्रामक रुपमा कर्जा विस्तारमा लागेको देखिएको छ। अनिवार्य नगद मौज्दात (सीआरआर) रकम राख्न नसकेर स्थायी तरलता सुविधा गुहारिरहेका बैंकहरू कर्जा विस्तारमा आक्रामक देखिएको नेपाल राष्ट्र बैंकको तथ्याकंले देखाएको हो। 

पहिलो साता वाणिज्य बैंकले ८ अर्ब रुपैयाँ संकलन गरेका थिए भने त्यसको चार गुणा ३१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको देखिएको छ। निक्षेप र रेमिट्यान्समा कमी, आयातमा वृद्धि, सरकारी खर्च पर्याप्त नहुँदा बैकिङ क्षेत्रले तरलता अभावको समस्या खेपिरहेको बताइँदै आएको छ।

सिआरआर अन्तर्गत बैंकहरूले ३ प्रतिशत रकम बैंकसँगै राख्नुपर्ने राष्ट्र बैंकको नीति छ। तर तरलताको अभावका कारण उनीहरुसँग सिआरआरको लागि चाहिने रकम नभएको बताउँदै आएका छन्। हाल नेपाल राष्ट्र बैंकले दिएको स्थायी तरलता सुविधा (एसएलएफ) अन्तर्गतको रकम नै सिआरआरको लागि प्रयोग भइरहेको नेपाल बैंकर्स एसोसिएसनको भनाइ छ। 

''एकातिर राष्ट्र बैंकहरुले तरलता अभाव भएको भन्दै एसएलएफ लिने अर्कोतिर सोही रकम लगेर कर्जा दिने गरिरहेका छन्,' उनको प्रश्न छ, 'तरलता अभाव हो भने त कर्जा प्रवाह कम हुनुपर्ने। आक्रामक कसरी हुन सक्छ?’
सोमबारसम्ममा बैकिङ क्षेत्रले ४ खर्ब ९९ अर्ब ७० करोड रुपैयाँ बराबरको एसएलएफ उपभोग गरिरहेका छन्। बैंकहरु एकातिर कर्जा विस्तार गरिरहने र अर्कोतर्फ उनीहरुले नेपाल राष्ट्र बैंकबाट ५ प्रतिशत व्याजमा  एसएलएफ् सुविधाको पनि उपभोग गरिरहेका छन्। 

नेपाल राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमूख प्रकाशकुमार श्रेष्ठले वाणिज्य बैंकहरुसँग सिआरआरको लागि रकम नभएको कुरा स्वीकार्दै सीआरआर व्यवस्थापन गर्ने रकम नभएपछि कर्जा प्रवाह कसरी आक्रामक हुन सक्छ भन्दै प्रश्न गरेका छन्। 

'एकातिर राष्ट्र बैंकहरुले तरलता अभाव भएको भन्दै एसएलएफ लिने अर्कोतिर सोही रकम लगेर कर्जा दिने गरिरहेका छन्,' उनको प्रश्न छ, 'तरलता अभाव हो भने त कर्जा प्रवाह कम हुनुपर्ने। आक्रामक कसरी हुन सक्छ?’
श्रेष्ठले बैंकहरुले राष्ट्र बैंकबाट एसएलएफका रूपमा लिएको रकम आयातलाई बढावा दिने गरी ट्रेडिङमा प्रयोग भइरहेको र यसले शोधनान्तर स्थिति थप कमजोर बनाउन योगदान गर्ने र विदेशी मुद्राको सञ्चितिमा पनि दबाब पर्ने बताए। 

‘बैंकिङ क्षेत्रले कर्जा दिँदा पनि आयात वृद्धि हुने क्षेत्रमा दिइरहेका छन्। कृषिमा कर्जा किन दिँदैनन्? राष्ट्र बैंकले एसएलएफ सुविधा दिने भनेको निक्षेपकर्ता बचत लिन आएमा उनीहरुलाई समस्या नहोस् भनेर हो,' उनले भने, 'तर बैंकहरुले एसएलएफ लिएर कर्जा प्रवाह गरिरहेका छन्। यसबाट के देखिन्छ भने बैंकहरूमा ‘नाफा कमाउने सोच’मात्र देखिन्छ।’
प्रकाशित: Sep 28, 2021| 21:43 मंगलबार, असोज १२, २०७८
प्रतिक्रिया दिनुहोस्