शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सूचना प्रविधि क्षेत्रको विकासका लागि विस्तृत छलफल आवश्यक : कल्याणी खड्का

सूचना प्रविधि क्षेत्रको विकासका लागि विस्तृत छलफल आवश्यक : कल्याणी खड्का

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले सरोकारवालाहरुसँग विस्तृत छलफल गरेर मात्रै सूचना प्रविधि क्षेत्रको विकासमा लाग्न सरकारलाई सचेत गराएकी छन्।
 |  मंगलबार, असोज १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १२, २०७८

काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले सरोकारवालाहरुसँग विस्तृत छलफल गरेर मात्रै सूचना प्रविधि क्षेत्रको विकासमा लाग्न सरकारलाई सचेत गराएकी छन्।

सभापति खड्काले निजी क्षेत्रको गुनासोलाई सम्बोधन नगरी सूचना प्रविधि क्षेत्रको विकासले गति लिन नसक्नेतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएकी हुन्। 

काठमाडौंमा मंगलबार आयोजित सूचना प्रविधि क्षेत्रको विकाससम्बन्धी अन्तरक्रियामा बोल्दै उनले निजी क्षेत्रले सरकार पुग्‍न नसकेको ठाउँमा पनि सूचना प्रविधिको विकास गरेको उल्लेख गर्दै त्यसलाई ग्रहण गरेर सरकारी निकायहरुले पनि अघि बढनुपर्ने आवश्यक्ता औंल्याइन्। 

सभापति खड्काले भनिन्, ‘सरोकारवालाहरुसँग विस्तृत छलफल गरौं। सूचना प्रविधि क्षेत्रको विकासका लागि विज्ञहरुको पनि परामर्श लिऔं। र यसको क्षेत्रको विकासमा एकीकृत ढंगले लाग्‍न पनि सरकारलाई सचेत गराउन चाहन्छु।’

सभापति खड्काले सूचना प्रविधि क्षेत्र नयाँ भएकाले यसको विकासमा सरोकारवाला निकायहरुसँग बलियो सहकार्य गरेर अघि बढन सरकारलाई पटकपटक निर्देशन दिइएको पनि स्मरण गराइन्। उनले सूचना प्रविधि क्षेत्रको विकासमा एकीकृत खालको योजना ल्याउन पनि सरकारको ध्यानाकर्षण गराएकी हुन्। 



 


प्रकाशित: Sep 28, 2021| 21:17 मंगलबार, असोज १२, २०७८
प्रतिक्रिया दिनुहोस्