शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • जमिनमुनि तार बिछ्याउन खानेपानी र सडक विभागले समस्या खडा गरे : कुलमान घिसिङ

जमिनमुनि तार बिछ्याउन खानेपानी र सडक विभागले समस्या खडा गरे : कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सडक विभाग, खानेपानी विभागलगायतका निकायका कारण अन्डर ग्राउन्ड केवल बिछ्याउने कामले गति लिन नसकेको बताएका छन्।
 |  मंगलबार, असोज १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १२, २०७८

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सडक विभाग, खानेपानी विभागलगायतका निकायका कारण अन्डर ग्राउन्ड केवल बिछ्याउने कामले गति लिन नसकेको बताएका छन्। 

घिसिङले अन्डर ग्राउन्ड केवल बिछ्याउने काममा सडक विभाग, खानेपानी विभागलगायतका कारण समस्या खडा भएको उल्लेख गर्दै समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पहल गरिरहेको पनि जानकारी दिए।

‘अन्डर ग्राउन्ड केवल बिछ्याउने काममा सडक विभाग, खानेपानी विभागलगायतका निकायहरुले समस्या खडा गरिरहेका छन र ती समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पहल  गरिरहेको छ,' उनले भने, 'ती समस्या हामी छिट्टै समाधान गरेर अघि बढनेछौं।'

हाल देखिएका समस्या समाधान गरेर मुलुकमा सूचना प्रविधि क्षेत्रको विकासमा आवश्यक सहयोग पुर्‍याउन प्राधिकरण प्रतिबद्ध रहेको पनि बताए। मंगलबार काठमाडौंमा आयोजित ‘नेपालमा सूचना प्रविधि प्रयोगको अवस्था र चुनौती’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले नेपालको सूचना प्रविधि क्षेत्रको विकासमा प्राधिकरणले महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गरे। 

'करिब ९५ प्रतिशत विद्युतीकरण भइसकेको छ। यसबाट हरेक घरमा हाम्रो पोल पुगेको छ। यो सूचना प्रविधिको विकासका लागि ठूलो पूर्वाधार हो। कुनै पनि फाइबर तान्नु पर्‍यो भने त्यही पोल युज हुन्छ। र फाईबर होम भनेर जुन हामी अहिले डिजिटल नेपालको अवधारणा अन्तरगत आइरहेको छ। त्यो नेपाल विद्युत प्राधिकरणको पूर्वाधारले धेरै सहयोग गरेको छ,’ उनको भनाइ छ। 

प्रबन्ध निर्देशक घिसिङले नेपाल विद्युत प्राधिकरणले उपभोक्ताबाट वार्षिक करिब ७० अर्ब आयआर्जन गरिरहेको जानकारी पनि दिए। 

प्रकाशित: Sep 28, 2021| 18:59 मंगलबार, असोज १२, २०७८
प्रतिक्रिया दिनुहोस्