शुक्रबार, साउन ८, २०८३

भारतको जयगढमा जमिन भासिँदा ३६ जनाको मृत्यु

भारतको महाराष्ट्रस्थित रायगढमा भारी वर्षाका कारण जमिन भाँसिदा ३६ जनाको मृत्यु भएको छ।
 |  शनिबार, साउन ९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन ९, २०७८

काठमाडौं- भारतको महाराष्ट्रस्थित रायगढमा भारी वर्षाका कारण जमिन भाँसिदा ३६ जनाको मृत्यु भएको छ।

जयगढ प्रशासनका अनुसार जमिन भाँसिदा ३६ जनाको ज्यान गएको र कयौ बेपत्ता भएका छन्।

जमिन भाँसिदा ज्यान गुमाएकाहरूमा ३२ जना तलाई क्षेत्र र ४ जना सखरसुतर क्षेत्रका रहेका छन्। जमिन भाँसिदा थप २३ जना जमिनभित्र दबिएको हुनसक्ने जयगढ प्रशासनले अनुमान गरेको छ।

प्रशासनले विपदमा परेकाहरूको उद्दार गर्न हेलिकप्टरको प्रयोग गरेको छ। प्रशासनका अनुसार जयगढका केही सडक पनि भाँसिएका छन्।

जमिन भाँसिएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गरेका छन्। उनले पीडित परीवार र ज्यान गुमाएका परीवारलाई दुई लाख रुपैयाँ दिने घोषणा गरेका छन्।

मोदीदे घाइतेहरूलाई ५० हजार रुपैयाँ दिने प्रतिवद्धता जनाएका छन्। भारतका गृहमन्त्री हमित शाहले जयगढमा भएको क्षतिका लागि दुःख व्यक्त गरेका छन्।

प्रकाशित: Jul 24, 2021| 01:23 शनिबार, साउन ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।