शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मेडिसिटी अस्पताल र यती एअरलाइन्सको सहकार्यमा एयर एम्बुलेन्स सेवा

मेडिसिटी अस्पताल र यती एअरलाइन्सको सहकार्यमा एयर एम्बुलेन्स सेवा

 |  बिहीबार, साउन ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ७, २०७८

काठमाडौं– नेपाल मेडिसिटी अस्पताल र यती एअरलाइन्स तथा तारा एअरबीच एयरक्राफ्टमार्फत बिरामीहरूको उद्धार गर्ने सहकार्यका लागि मंगलबार द्विपक्षीय सम्झौता भएको छ । अस्पतालका महाप्रबन्धक विजय रिमाल र एअरलाइन्सका प्रशासन प्रमुख अञ्जन बड्गामीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

हाल देशमा हेलीकोप्टरबाट तथा चार्टर्ड फ्लाइटबाट बिरामीहरूलाई स्थानान्तरण गर्ने गरिएकोमा अब यती एअरलाइन्स तथा तारा एअरले नियमित एयरलिफ्ट एम्बुलेन्स सेवा उपलब्ध गराउनेछन् । यस व्यवस्थाले बिरामीहरूलाई रात्रिकालीन उद्धार उडान गर्न समेत सहज हुने छ ।  

नेपाल मेडिसिटी अस्पतालले बिरामीहरूलाई हवाई तथा ग्राउन्ड एम्बुलेन्समार्फत आकस्मिक तथा उद्धारमा गुणस्तरीय सेवा प्रदान गर्दै आएकोमा यतीसँगको सहकार्यले यो सेवा थप विस्तारित हुने अस्पतालका महाप्रबन्धक रिमालले बताए ।

यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार नेपाल मेडिसिटी अस्पतालसँगको सहकार्यले यतीको उडान सेवा उपलब्ध हुने स्थानहरुबाट आकस्मिक उपचारका लागि जुनसुकै समयमा विमानलाई तुरुन्तै एयर एम्बुलेन्समा परिणत गरी विशेष सेवा उपलब्ध हुने छ । साथै, आवश्यक परेको खण्डमा एक भन्दा बढि बिरामी र बिरामीका पक्षलाई उपचारका लागि स्थानान्तरण गर्न सक्षम रहेको पनि उनले बताए ।

यस प्रकारको सेवाले दुर्गम क्षेत्रका जनताले समयमै उपचार पाउन सहज हुने उनले बताए । 

प्रकाशित: Jul 22, 2021| 07:14 बिहीबार, साउन ७, २०७८
प्रतिक्रिया दिनुहोस्